लकडाउनमा रक्तदान

काठमाडौं ।

कोरोनाभाइरस (कोभिड १९) को महामारीले भएको लकडाउनको बेला रगतको कमि नहोस् भन्दै रक्तदानका कार्यक्रम भएका छन् । कोरोनाभाइरसको कारण भएको रगत अभावलाई परिपूर्ति गर्ने उद्देश्यले काठमाडौंको कागेश्वरी मनोहरा ८ मा रक्तदान कार्यक्रमको आयोजना गरिएको छ ।

श्री गौरीनाथ महादेव मन्दिर संरक्षण समिति, नवश्रीजनशील युवा क्बल तथा कागेश्वरी मनोहरा नगरपालिका ८ मा भएको रक्तदान कार्यक्रममा ७५ जनाले रक्तदान गरेका हुन् ।लकडाउनको प्रतिकुल परिस्थितिमा पनि रक्तदानको लागि उल्लेख्य उपस्थित हुनु अत्यन्त राम्रो भएको नेपाल रेडक्रस भक्तपुर शाखाले जनाएको छ ।

रक्तदानको लागि एक सय जनाको अनुमान गरिएको भएपनि ७५ जनाद्वारा भएको रक्तदान संतोषजनक भएको आयोजक तथा मन्दिर संरक्षण समितिका अध्यक्ष सुजित केसीले बताए ।

तपाईको प्रतिक्रिया

Loading...

सम्बन्धित समाचार