लिस्बन।
कोरोना भाइरसका कारण देशभर लकडाउन भएपछि पछिल्लो समय चोरी र डकैतीका घटना वृद्धि भएका छन्।
हिजो मात्रै लिस्बन नजिकै ससेममा एक किराना पसलमा चोरी डकैती गर्दा पसलेले चोरलाई समातेर बेस्सरी कुटे।
कुटाइबाट डकैती गर्न आएका व्यक्ति घाइते भएका छन्।
भिडियोमा देखिए अनुसार दुई जना रातिको समयमा डकैती गर्न दुई जना आएतापनि एक जना भाग्न सफल भएको देखिएको छ भने अर्कोलाई भित्रै सुतिरहेका पसलेले समात्न सफल भएका छन्। समातिएका व्यक्तिलाई पसलभित्रै सुतेका ४ जनाले बेस्सरी कुटेर घाइते बनाइदिएका छन्।
किराना पसल बंगलादेशी भएको बुझिएको छ।
रातको चोरीको समयमा किराना पसलका मालिक पसलभित्रै सुतिरहेका थिए।
छिमेकमै रहेको एक भारतीय नागरिकको पसलमा चोरी भएपछि चनाखो भएर राति पसलमै सुत्ने गरेको उनले सीएम टेलिभिजनलाई बताएका छन्।
















