जनकपुरधाम ।

स्थानीय सरकारले बाँडेको तेल खाँदा महोत्तरी गौशाला नगरपालिकाका आधा दर्जनबढी मानिस बिरामी परेका छन् ।
राहतमा आएको तेल खाँदा स्थानीय ७ जनालाई पखाला लागेको हो ।
गौशाला नगरपालिका-४ का १२ वर्षीया रामवती सदा, ३० वर्षीय श्रीचन सदालगायत ७ जना तेलका कारण बिरामी परेको स्थानीयबासीले जनाएका छन् ।
राहतमा आएको तेलले आफूहरु बिरामी परेपछि शुक्रबार दिउँसो स्थानीय महिलाले नगरपालिका कार्यालय घेराउसमेत गरेका छन् ।
यस विषयमा अनुसन्धान गरी दोषीलाई कारवाही गरिने गौशाला नगरपालिकाका नगर प्रमुख शिवनाथ महतोले बताउनुभयाे ।
उहाँले बिरामीको उपचार भइरहेको समेत जानकारी दिनुभएकाे छ ।
















