लिस्बन।

पोर्चुगलमा कोरोना संक्रमित भई आइसोलेशनमा बसेका व्यक्ति क्याफेमा केक बेच्दाबेच्दै पक्राउ परेका छन्।
पक्राउ परेका ६९ बर्षीय व्यक्तिमा एक हप्ता अगाडी कोरोना संक्रमण पुष्टि भएपछि घरमै आइसोलेशनमा राखिएका थिए।
आइसोलेशनमा राखिएका उनी आफ्नी पत्नीका साथमा क्याफेमा ग्राहकहरुलाई कफी र केक बेच्दाबेच्दै जिएनार प्रहरीले पक्राउ गरेको हो।
पक्राउ परेपछि ति आइमाईले कोरोना परिक्षण गर्न इन्कार गरेको प्रहरीले जनाएको छ।
यो पढ्न छुट्यो कि ? पोर्चुगलमा म्याकडोनाल्डमा काम गरिरहेका कर्मचारीमा कोरोना संक्रमण देखियो, रेस्टुरेन्ट नै सिल गरियो !
घटना मातोसिंहसको हो। सो क्याफेका मालिक पक्राउ परेका दम्पती नै रहेको बुझिएको छ।
पक्राउ परेका व्यक्तिमा कोरोना संक्रमण देखिएपछि उनलाई घरमै आइलोलेशनमा राखिएका थिए तर ति दम्पती दुबैले स्वास्थकर्मी र सरकारको नियमको अवाज्ञा गर्दै दिनहु बाहिर निस्कने र क्याफे खोल्ने गरेको बुझिएको छ।
उक्त क्याफेमा रहेका अन्य कामदार र ग्राहकहरु पक्राउ परेका जोडीको स्वास्थ्यबारे बेखबर रहेको प्रहरीले जनाएको छ। दुबै दम्पती पक्राउ परेपछि मात्रै त्यहाँ काम गर्ने कामदार र ग्राहकहरुले क्याफेका मालिक कोरोना संक्रमित भएको थाहा पाएका थिए।
उक्त क्याफेमा काम गर्ने अन्य कामदार र सम्पर्कमा आएका ग्राहकहरुलाई क्वारेण्टिनमा राखिएको छ भने पक्राउ परेका दम्पतिमाथि मुद्धा चलाईएको सिएम ले उल्लेख गरेको छ।
















