काठमाडाैँ ।

राष्ट्रपति विद्यादेवी भण्डारीले जनवादी गणतन्त्र चीनका लागि नेपाली आवासीय राजदूतमा नियुक्त भएका पूर्वपरराष्ट्रमन्त्री महेन्द्रबहादुर पाण्डेलाइ पद तथा गोपनियताको सपथ खुवाएकी छिन ।
आइतबार राष्ट्रपति भवन शिलत निवासमा राष्ट्रपति भण्डारीले पद तथा गोपनियताको सपथ गराएकी हुन ।
यसअधि नेपालको संविधानको धारा २८२ बमोजिम मन्त्रिपरिषद्को सिफारिसमा पूर्वपरराष्ट्रमन्त्री महेन्द्रबहादुर पाण्डेलाई राष्ट्रपति भण्डारीले जनवादी गणतन्त्र चीनका लागि नेपाली आवासीय राजदूतमा नियुक्त गरेकी थिइन ।

चीनका लागि नेपाली राजदूत लीलामणि पौड्याललाई फिर्ता बोलाई सरकारले पूर्वमन्त्री पाण्डेलाई राजदूतमा सिफारिस गरेका थिए ।
















