भीरकोट ।

भीरकोट स्थित सन्त निरंकारी भवनमा युवाहरुले रक्तदान कार्यक्रम सम्पन्न गरेका छन् ।
रक्तसंचार सेवा पोखराको विशेष सहयोगमा सन्त निरंकारी मण्डल बयरघारी, भीरकोट जेसिज, भीरकोट नगरपालिका र आँधिखोला पिस युथ क्लबले संयुक्त रुपमा उक्त कार्यक्रमको आयोजना गरेको थियो ।
कोरोना कहरको बाबजुत आयोजना गरिएको कार्यक्रमा ७० जना बढिले रक्तदान गरेका थिए ।
लकडाउनक कारण देशका विभिन्न अस्पतालहरुमा रगतको अभाव हुँदै गइ रहेको छ । यो कठिन परिस्थितिमा कुनै पनि बिरामीले रगतको अभाव झेल्न नपरोस भन्ने उद्देश्यका साथ उक्त कार्यक्रमको आयोजना गरिएको सन्त निरंकारी मण्डलका अध्यक्ष यम बहादुर खत्रीले बताए ।
मानव एकताको लक्ष सहित अघि बढेको सन्त निरंकारी मण्डलले २०६५ साल देखी रगत नालीमा हैन, मानिसको नाडीमा नगाऔं भन्ने नारा लिएर प्रत्येक बर्ष निरन्तर रक्तदान कार्यक्रको आयोजना गरिंदै आएको छ।
















