पोर्चुगलमा एक नेपालीको दुःखद निधन

लिस्बन ।

पोर्चुगलको फारोमा एक नेपालीको दुःखद निधन भएको समाचार प्राप्त भएको छ ।

प्राप्त जानकारी अनुसार धादिङ घर भएका ति नेपाली बलिरहेको आगोमा परेका हुन् ।

आगोमा परेपछि उनको शरीरको केही भाग जलेको छ।

उनलाई उपचारका लागि अस्पताल लागिएको थियो।

अस्पताल श्रोतका अनुसार उनको टाउकोमा चोट लागेको र शरीरको केही भाग जलेको छ।

अस्पताल लगिएका उनलाई उपचार शुरु गर्दागर्दै मृत्यु भएको अस्पताल श्रोतले जानकारी दिएको छ।

मृतक नेपाली फारोको बेलासलेस्थित एक पोर्चुगिज कृषि कम्पनीमा कार्यरत रहेको बुझिएको छ ।

उनी के कसरि बलिरहेको आगोमा परे र घटना भयो भन्ने बारे सरकारी अधिकारीहरुले अनुसन्धान गरिरेहका छन्।

सन् २०१० यता पोर्तुगलमा ३४ नेपालीले ज्यान गुमाइसकेका छन् ।

तपाईको प्रतिक्रिया

Loading...

सम्बन्धित समाचार