पोर्चुगलमा कोरोना भाइरसबाट ज्यान गुमाउनेको संख्या एक हजार नाघ्यो, २५ हजार बढी संक्रमित

लिस्वन ।

कोरोना भाइरसका कारण पोर्चुगलमा ज्यान गुमाउनेको संख्या एक हजार नाघेको छ । पछिल्लो २४ घण्टामा थप १८ जनाको मृत्यु भएपछि ज्यान गुमाउनेको कुल संख्या एक हजार ७ जना पुगेको छ ।

अप्रिलको अन्तिम सातादेखि पोर्चुगलमा मृत्यु हुनेको दर घट्दो क्रममा छ भने निको हुनेको संख्या बढ्दो छ ।

पछिल्लो तथ्यांक अनुसार एक हजार ६४७ संक्रमित व्यक्ति उपचारपछि घर फर्किएको तथ्याँक राष्ट्रिय स्वास्थ्य महानिर्देशनालयले दिएको छ ।

पछिल्लो २४ घण्टामा ३०६ जना नयाँ संक्रमित थपिएका छन् । अघिल्लो दिन यस्तो संख्या ५४० थियो ।

हालसम्म पोर्चुगलमा २५ हजार ४५ व्यक्ति कोरोनबाट ग्रसित छन् ।

पोर्तुगलमा १६ सय ४७ जना संक्रमित अस्पतालमा उपचारपछि सामान्य जीवनमा फर्किसकेका छन् ।

महानिर्देशनालयको तथ्याङ्कअनुसार संक्रमितहरुमध्ये ८९२ जनालाई अस्पताल भर्ना गरिएको छ भने १५४ विरामी सिकिष्ट छन् ।

तीन हजार ८२८ जनाको कोभिड-१९ टेष्टको नतिजा आउन बाँकी छ । दुई लाख ५१ हजार २६९ जनालाई संक्रमण भएको हुनसक्ने आशंका गरिएको छ ।

पोर्तुगलमा अहिलेसम्म तीन लाख ९५ हजार ७७१ को नमूना परीक्षण गरेको मन्त्रालयले जनाएको छ ।

तपाईको प्रतिक्रिया

Loading...

सम्बन्धित समाचार