काठमाडौं |

कुनै समय हाँस्यटेलिश्रृङ्खला भद्रगोलमा विलासेको भूमिकामा काम गरेर चर्चित बनेका कलाकार सुवास कार्कीलाई कोरोनाभाइरस संक्रमण देखिएको छ ।
उनी २ वर्षदेखि लन्डनमा बस्दै आएका थिए । उनलाई लन्डनमा नै कोरोनाभाइरस भएको पुष्टि भएको हो ।
उनी अहिले पनि लन्डनमा नै छन् । कोरोनाभाइरस संक्रमण पुष्टि भए पनि उनी आफ्नै घरमा आइसोलेसनमा बसेका छन् ।
उनको परिवार नै लन्डनमा बस्ने गरेको छ ।
















