काठमाडौं ।

कोरोना भाइरसको महामारीका कारण अहिलेसम्म विश्वमा २ लाख ४५ हजार ४९१ जनाको मृत्यु भएको छ भने ३५ लाख १३ हजार १०५ जनालाई संक्रमण भएको छ ।
त्यस्तै ११ लाख ३२ हजार ६६७ जना स्वास्थ्योपचार पछि निको भएका छन् भने ५० हजार ५८१ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ ।
यसैबीच कोरोना भाइरसको पछिल्लो टार्गेट रुस बन्दै गएको छ । रुसमा कोरोना भाइरसको महामारीका कारण अहिलेसम्म १ हजार २८० जनाको मृत्यु भएको छ भने १ लाख ३४ हजार ६८७ जनालाई संक्रमण भएको छ ।
त्यस्तै रुसमा कोरोना भाइरसको महामारीका कारण आज मात्रै ५८ जनाको मृत्यु भईसकेको छ भने १० हजार ६३३ जना नयाँ संक्रमित आजै थपिएका छन् ।
शनिवार पनि कोरोना भाइरसको महामारीका कारण रुसमा ९ हजार ६२३ जनालाई संक्रमण भएको थियो भने शनिवार नै ५३ जनाको मृत्यु भएको थियो ।
रुसमा यो समाचार तयार पार्दासम्म २ हजार ३०० जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ भने १६ हजार ६३९ जना स्वास्थ्योपचार पछि निको भएका छन् ।
















