अमेरिकन आइडलको टप टेनमा पुगे नेपाली मुलका गायक दिवेश पोखरेल

लण्डन ।

अमेरिकन आइडलको टप टेनमा नेपाली मुलका गायक दिवेश पोखरेल पुगेका छन् ।

जोन डेन्भरको ‘टेक मी होम, कन्ट्री रोड्स’ बोलको गीत गाएर उनी आइडलको १८ औं सिजनको टप टेनमा पुगेका हुन् ।

दिवेशले आफ्नो फेसबुकमार्फत् आफू अमेरिकन आइडलको टप टेनमा पुगेको जानकारी दिँदै आफूलाई भोट गर्ने सबैलाई धन्यवाद दिएका छन् ।

विश्वकै प्रतिष्ठित गायन शोको शीर्ष १० सम्मा पुगेर चर्चा र प्रशंशा कमाउन सफल दिवेश अध्ययनका शिलशिलामा सन् २०१४ मा अमेरिका गएका हुन् ।

तपाईको प्रतिक्रिया

Loading...

सम्बन्धित समाचार