काठमाडौं।

नेपाली चलचित्र क्षेत्रका चर्चित अभिनेता हुन् राजेश हमाल । कोरोना रोकथामको लागि गरिएको लकडाउनका कारण पछिल्लो समय उनी घरमै समय बिताइरहेका छन् ।
उनले लकडाउनको समयमा शरिरलाई फिट राखिराख्नु पर्ने भन्दै आफुले नियमित व्यायाम गरिरहेको बताएका छन् ।
बेलाबेलामा सामाजिक सञ्जालमार्फत आफ्नो नियमित कियाकलापको बारे जानकारी दिइरहेका राजेशले हालै एक भिडियो शेयर गरेको छन् ।
भिडियोमा उनले व्यायाम गरिरहेका छन् । भिडियोमा उनले निरन्तर आफ्नो व्यायाममा ध्यान दिइरहेका छन् ।
















