लिस्बन।

पोर्चुगलमा ४३ बर्ष लामो इतिहास बोकेको सबैभन्दा लोकप्रिय अंग्रेजी पत्रिका ” द पोर्तुगल न्युज ” बन्द हुने अवस्थामा पुगेको छ। द पोर्तुगल न्युज यहाको लोकप्रिय पत्रिका मात्रै नभई पुरानो अंग्रेजी पत्रिका पनि हो। यो पत्रिकाको आफ्नै अनलाइन संस्करण पनि छ।
कोरोना भाइरसले पोर्चुगलका अधिकांस ब्यापार व्यवसाय बन्द भएपछि सो पत्रिकाले पनि बिज्ञापन पाउन बन्द भएकोले पत्रिका निकाल्नै हम्मेहम्मे परेको प्रकाशकले जनाएको छ।
यस्तो कठिन परिस्थितिमा पत्रिकाको निरन्तर प्रकाशनको लागि आफ्ना पाठकहरुसंग चन्दा सहयोग लिने बाध्यात्मक निर्णय गर्नुपरेको सो पत्रिकाले एक सुचना जारी गरेको छ।
द पोर्तुगल न्युज सन् १९७७ मा स्थापना भएको थियो।
द पोर्तुगल न्युज’ ले गो फण्ड मी मा चन्दा सहयोगका लागि आव्हान गरेको छ। कम्पनीले ५० हजार युरो चन्दा सहयोग संकलन गर्ने लक्ष्य राखकोमा हालसम्म २२९ जनाले ७ हजार ७५० युरो सहयोग गरिसकेका छन्।
















