लन्डन।
लामो समय ‘आइसियू’ मै रहेर कोरोना भाइरस संक्रमण विरुद्ध कठिन संघर्ष गरे पश्चात बेलायतको ‘ईएसएचटी’ (इष्ट ससेक्स हेल्थ एनएचएस ट्रस्ट) मा कार्यरत नेपाली नर्स उमा प्रधानले कोरोना प्रतिको विजय प्राप्त गरेकी छिन् ।
२३ दिनसम्म ‘क्रिटिकल केयर’मा रहेर उपचार गराएकी उमाको स्वास्थ्यमा सुधार देखिन थालेपछि ‘क्रिटिकल केयर’बाट डिस्चार्ज गरेर ‘जनरल वार्ड’ तर्फ लैंजादै गर्दा अस्पतालमा कार्यरत सयौंको संख्याका डाक्टर, नर्स र कर्मचारीले बाटोमा लहरै उभिएर ताली बजाउदै खुशी व्यक्त गरेका थिए ।
मेरो लागि सहकर्मीहरुबाट प्राप्त हौसला र स्नेह पछि क्रिटिकल केयरको टिमले गरेको हरेक सहयोग र सेवाको लागि म धन्य छु ।’ उमाले बताइन् ।
बाँकी भिडियोमा :
















