
टंक खड्का
पोर्चुगल
ईतिहासको पानामा हेर्दा संशोधनबाद पनि २ प्रकारको छ । पहिलो आन्दोलनकै बेला अथवा संघर्षकै मोर्चामा देखा पर्छ ,दोस्रो सत्ताको वरिपरिबाट वा सत्ताको संचालकबाट ।जुन पहिलोको तुलनामा क्रान्तिप्रेमी वर्गलाई बढी भ्रमित गर्दछ ।यसले आदर्शको मालिक र ब्यबहारको दास बनाउँछ । सिदान्त र ब्यबाहरको तालमेल गर्न सिकाउदैन , क्रान्ती अब आवश्यक पनि छैन र गर्न पनि सकिदैन ।अबको आवश्यकता आर्थिक क्रान्तीको हो भन्दै दिमाखमा क्रान्तीकारी चेत भएका मानिसलाई पनि उग्रबादी , अतिबादी देख्छ आफ्नो संशोधनबादी दृष्टिकोणबाट ।
यसको थप व्याख्या म शिर्षक अनुसार चर्चा गर्दैछु ।
१- आन्दोलनमा देखा पर्ने संशोधनबाद
बर्न स्टिनले मार्क्सको मजदूर बर्गको सत्ता प्रधान हो भन्ने दृष्टिकोणलाई संशोधन गर्ने प्रयत्न गर्नुभयो । उनले सत्ता प्रधान होईन आर्थिक सुधार मुख्य हो भनेर संशोधन बादी दृष्टिकोण अगाडी सार्नुभयो ।यसकारण मजदूर आन्दोलनमा तमाम नेताहरु सर्बाहारा बर्गको राज्य सत्ता प्राप्त गर्ने लक्ष्यलाई छोडेर पुजीपति संग मिलेर सत्ता चलाए । यो कम्युनिष्टहरुले सामना गरेको पहिलो संशोधनबाद हो ।
चिनिया कम्युनिष्ट पार्टीको आठौँ महाधिबेशनमा कामरेड माओत्सेतुङ्गले समाजबादी बाटोको प्रस्ताब पेश गरे , जुन दस्ताबेजको नाम थियो क्रान्तीलाई पकडौ र उत्पादन बढाऔं
यो प्रस्ताबको बिरुद्द ल्यु सावचिले बिरालो कालो होस् कि सेतो होस् यसको मुख्य काम मुसा मार्ने हो भन्दै पुजिबाद वा समाजबाद मुख्य होईन , जसले बढी आम्दानि दिन्छ त्यसैमा जाने भनेर खुल्लेआम पुजिबादको वकालत गरे । सन् १९६६ बाट सन् १९७६ सम्म माओको नेतृत्वमा महान चिनिया सर्बाहारा सांस्कृतिक क्रान्ती सुरु भयो । त्यसपछि ल्यु सावचीलाई गद्दार घोषित गरी जेलमा हालियो र पार्टीबाट निष्काशित गरियो।
यो कम्युनिष्ट क्रान्तीकारीले सामना गरेको दोस्रो संशोधन्बाद हो ।यसलाई आन्दोलनमै देखिएको संशोधन्बाद मानिन्छ । किनकि मुख्य नेतृत्व माओ जिवितै थिए । राजनैतिक रुपान्तरनको स्थायित्व दिन सांस्कृतिक क्रान्तीको तयारी हुदै थियो । माओ जिवितै भएर पो निज ल्यु सावचिलाई कारबाही गरियो ।
नेपाली कम्युनिष्ट आन्दोलनमा संशोधनवादको प्रभाब पनि पुष्पलाल श्रेष्ठले नै सामना गरे किनकि व्यक्तिको जीवनमा कहिले सकारात्मक कहिले नकारात्मक चिजको प्रभाब पर्छ भने व्यक्ति-व्यक्ति मिलेर बनेको कम्युनिष्ट पार्टी बिषेशत पुष्पलालले नै कम्युनिष्ट आन्दोलनको सुरुवात र संशोधन्बादीहरुको सामना गर्नुपर्यो । पुष्पलालले सर्बहारा किसान , मजदूर, बर्गीय सत्ताको पक्षमा राजनैतिक , बैचारिक संघर्ष संचालन गरे भने पुष्पलाल पछिका नेताहरु मोहन बिक्रम ,कृष्ण दास , रोहित ,किरणले मालेमा वादको आधारमा मालेमाबादी धारणा राखे । अरु बाँकी नेताहरुमा बिचलन देखा पर्यो ।केशर जंग रायमाझी , तुल्शिलालको नेतृत्वमा अचम्म के छ भने झापा विद्रोहको समयमा कामरेड पुष्पलाललाई दक्षिण पन्थी संशोधन्बादी अवसरबादी भन्ने पुर्ब माले पछि एमालेको रुपमा देखा पर्यो ।रुपलाल बिश्वकर्माको आन्दोलनमा पनि देखियो उहाले तत्काल नेपालमा भएका सबै कम्युनिष्टहरुलाई अवसरबादी र संशोधनबादीको आरोप लगाउदै जुगेडी , जुटपानी किसान संघर्ष संचालन गरे ।उहामा बाबुराममा देखापरे जस्तै बिचलनको सुरुवात भयो । उहा कम्युनिष्ट आन्दोलन बाटै पतन भएर नेपाली कांग्रेशमा प्रवेश गर्नु भयो । बामपन्थी धरातलबाट राजनीति शुरु गरी दक्षिणपन्थी कित्तामा उभिने रुपलाल पहिलो र बाबुराम दोस्रो व्यक्ति भए ।
प्रचण्ड पनि आन्दोलनमै उब्जिएको संशोधनबाद हो । सत्ताका लागि प्रचण्ड संशोधनबादी बनेका हुन् । जनयुद्दको मुख्य लक्ष्य जना गणतन्त्र प्राप्त गर्ने सशस्त्र बलद्वारा सत्ता कब्जा गर्ने युद्द द्वारा समस्याको समाधान गर्ने क्रान्तीको केन्द्रिय काम र सर्बोच्च काम हुदा हुदै बि स २०५७ सालको दोस्रो राष्ट्रिय सम्मेलनबाट प्रचण्ड संशोधनबादी बनेको आम क्रान्तीकारीको बुझाइ छ किनकि सामुहिक संघर्षमा क्रान्ती गर्ने अनि नेतृत्वको केन्द्रीकरण किन गर्ने ? सबै अधिकार आफुमा सिमित गरेर आफुले चाहेको बाटो हिड्न सजिलो होस् भनेर मात्र हो भन्ने बुझिन्छ । क्रान्तीको हितमा काम गर्दा त् सामुहिक गर्ने अनि रिजल्ट आएको श्रेय आफु लिने प्रवृतीको बिकास भएको हो । प्रचण्डले अरुलाई क्रान्तीकारी बनाए , निर्णयमा सहभागिता कहिल्यै लिन दिएनन् । निर्णयको अधिकार आफैमा केन्द्रित गरे जुन संशोधनबादमा जाने लक्षण थियो । यो लक्षण २०५७ सालको दोस्रो राष्ट्रिय सम्मेलन बाट सुरु भएको थियो जुन २०६२-६३ तिर झनै बिकसित भयो , २०७५-७६ तिर आएर त् क्रान्तीकारी माथि ब्यापक दमन गर्न पुगे । बिचार नमिल्नेहरु संग कार्यगत एकताका लागि मात्र राजनितीमा दिर्घकालिन न सत्रु हुन्छ न मित्र हुन्छ भनिन्थ्यो तर आज आफ्नै सहयोद्धा दुश्मन देख्ने संशोधनबाद प्रवृती प्रचण्डमा देखिन्छ ।
प्रचण्ड रणनैतिक हिसाबले क्रान्तीकारी तर कार्यनैतिक हिसाबले सुधारवादी, संशोधन बादी भएको क्रान्तीकारीहरुले थाहा नपाउँदा समग्र रुपमा जनयुद्दले आर्जन गरेका उपलब्धिहरु पनि गुमायौ उल्टै बाँकी रहेका क्रान्तीकरीहरुको गला रेट्न प्रतिबन्ध पनि झेल्यौ र १२ जना कामरेडहरु शहीद भए । प्रचण्डमा सत्ताको सिंढी चढ्नकै लागि संशोधन बादी बिचार पलयान बिसर्जन वादका बिरुद्द समयमै क्रान्तीकारीहरुले संघर्षको थालनी गर्यौ । आजपनि क्रान्ती जारी रहेको संदेश दिन सफल भएका छौं ।प्रचण्ड सत्तामा पुगेर संशोधन बादी बनेका होइनन । सत्तामा पुग्नकै लागि गोलमेच सम्मेलन , शान्तीबार्ता , जनयुद्दको समापन , संबिधान सभाको चुनाब , जनसेनाको अपमान जनक समायोजन आदि घिर्णित कार्यहरु गरेका हुन् भन्ने हाम्रो बुझाइ हो । प्रचण्डको पद जनमुक्ती सेनाको सर्बोच्च कमान्डर काम शरमै नलाग्ने तत्कालिन सेना प्रमुख छत्रमान सिंह गुरुङ्गलाई पुकारी जनमुक्ती सेनाको ब्यारेकमा हमला गराउने । आजसम्मको ईतिहासमा अरु सबै बिचलन पतन संशोधन उछिन्दै प्रचण्ड बाबुराम अगाडी आएको देखियो ।
बाबुरामको चर्चा किन गरिएन भने उहाँ पनि संशोधन बादी नै हुन् । रुपलाल बिश्वकर्मा शैलीको तर प्रचण्डले चाहेको भए माओले ल्यु सावाचिलाई गरेको कारबाही जस्तै गर्न सक्थे तर दुबैको स्वार्थ मिल्यो र जनयुद्द सबै थोक हो लक्ष्य केहि पनि होईन भन्ने तथ्यमा पुगे । पुरानो प्रतिक्रियाबादी राज्यलाई सुधारिएको लोकतन्त्रको टिका लगाए । आफु पनि सक्किए , क्रान्तीकारी आन्दोलनलाई पनि क्षति पुर्याए ।
हामीले बिशेष गौरब गर्नुपर्छ – सर्बाहारा बर्गीय सत्ताको लागि संशोधनबादीहरुको समाधि स्थलबाट मशाल जलाई पुन क्रान्ती संचालन गरेका छौ । समाजमा बर्गीय उत्पीडन रहे सम्म सर्बाहरा बर्गको आत्मा निर्णयको अधिकारका लागि निरन्तर बर्ग संघर्ष गर्नेछौ। हामि भ्रममा छैनौ , पुजिबादका आज्ञाकारीहरुले हाम्रो बैज्ञानिक समाजबाद्लाई भर्मित पार्न कहिले प्रजातान्त्रिक समाजबाद कतै लोक कल्याणकारी राज्य कहिँ लोकतन्त्र , कहिँ संसदबाट समाजबाद आउछ यिनी सत्ताहरू राष्ट्रबिरोधी र मानवता बिरोधी छन् , यी सत्ता रहेसम्म उत्पीडन तथा श्रमिक वर्गले मुक्ती , स्वतन्त्रता, समानता र समृधी हासिल गर्न सक्दैन । हामी क्रान्तीकारीहरु पुजिबादका खराबी हरुलाई जनता सामु ल्याउछौ त्यसका बिरुद्द श्रमिक मजदूरलाई संगठित गर्छौ, पुजिबादको स्थानमा बैज्ञानिक समाजबादी सत्ता स्थापना गर्छौ ।
आज कहिकतै हामी या तपाइँ हाम्रो संख्याका बिषयमा भर्मित नहुनुहोला । कमिटीहरु २५/१५ /७ सदस्यीय छ भनेर । यो बिषयमा म पहिला स्पष्ट पार्न चाहन्छु , पार्टी जिवनमा आवश्यक पर्ने तर बिरलै चल्ने सुद्दिकरण अभियानमा छौ , आफैलाई रुपान्तरण गर्ने र क्रान्तीकारी पार्टी बनाउने अवधिमा छौ । कार्यकर्ता नभएर कमिटी सानो बनाईयो नभन्नुहोला , भोज खाने र मलामी मात्रै जाने छिमेकीको के काम ?सिन्को नभाँच्ने एउटा कमिटी बनाउन नसक्ने सिद्दान्त र ब्यबहार बारे नजान्ने , जनदिशा न अपनाउने , संशोधनबादी जस्तै गफ मात्रै गर्ने जमात जम्मा गर्न चाहेका होइनौ । अहिले हाम्रो बिचार प्रति रहश्य व्यक्त गर्नु भएको छ नि ईतिहासका महान बिचार रहश्यको गर्बबाटै पैदा भएका छन् । एकिकृत जनक्रान्ती र बैज्ञानिक समाजबाद रहश्य नभएर मुक्ती चाहने हरुका लागि बैचारीक हतियार बन्ने निश्चित छ ।
२.सत्ताको बिचमा पैदा हुने संशोधनबाद
निकिता खुस्चेब , सन् १९५३ मा रुसमा स्टालिनको निधन भयो , नेता खुस्चेब रास्ट्रपति बने । सन् १९५६ मा सोभियत कम्युनिष्ट पार्टी बोल्सेविक को बीसौं महाधिबेशन आयोजना गरियो । खुस्चेब ले मध्यरातमा एउटा गोप्य रिपोर्ट पेश गरे । स्टालिनलाई खुनी , जड्याहा , जुवाडे , हत्यारो आदि शब्दले गालि गलौज गर्दै बिबिध लाञ्छना लगाए । खुस्चेब ले समाजबाद प्राप्तीको लागि शान्तीपूर्ण संक्रमणको बाटो र वर्ग समन्वयको बाटो अबलम्बन गरे । यसलाई तीन स का नामले पनि चिनिन्छ ।उहाले सम्पूर्ण रुसी जनताको पार्टी सत्ता सिध्याए । वर्ग संघर्ष , सर्बाहारा अधिनायकत्व , ससस्त्र संघर्षको सिद्दान्त परित्याग गरे । यसको असर रुसमा अब कहिल्यै बर्ग संघर्षको सुरुवात हुन् नसक्ने गरि समाप्त पारे ।
विश्व कम्युनिष्ट आन्दोलनमा क्रान्तीकारीहरुका लागि घृणित संगै संघर्षको झटारो बन्न पुग्यो ।
खुस्चेबको संशोधनबादी नीतिको पहिलो बिरोधको निशाना कामरेड माओले हाने । उहाँले ब्यापक संघर्ष गरे र संशोधनवादका बिरुद्द सफल भए र निराश भएका क्रान्तीकारीहरुलाई साहस पैदा गरे भने क्रान्ती सक्कियो भनेर खुशी भएका हरुलाई एउटा खुस्चेबको गद्दारीले वर्ग संघर्षको ईतिहास सकिदैन , अधिकार बिहिन बर्गले अधिकार पाउन आन्दोलन गर्ने पर्छ , हामी साथमा छौ र नेतृत्व लिन तयार छौ भनी खुस्चेबको पतनले खुशी भएका क्रान्ती बिरोधि बर्गलाई चेतावनी दिए ।देङ्घ साओपिङ्ग , सांस्कृतिक क्रान्तीको कालखण्डमा ल्यु सावचि संगै निज देङ्घलाई पनि पार्टीबाट निष्काशित गरियो । चिनिया कम्युनिष्ट पार्टीको दशौ महाधिबेशन पछि देङ्घ लाई कारबाही फुकुवा गरियो । सन् १९७६ मा कामरेड माओको निधन पछि देङ्घ सत्ता र शक्तिमा आयो ।
कामरेड माओको निधन भएको १ महिना नपुग्दै अक्टोबरमा चिनिया प्रतिक्रान्ती भयो । उहाँले आधुनिकिकरनको सिद्दान्त अपनाए । चीनमा मिस्रित अर्थतन्त्र , खुल्ला बजार र समाजवादको सिद्दान्त लागु गरे । सांस्कृतिक क्रान्तीलाई ध्वस्त बनाए । सांस्कृतिक क्रान्तीलाई समर्थन गर्ने लाई जेल हालियो , चिनिया कम्युनिष्ट पार्टीले पहिलो पटक खुल्ला बजार अर्थानिती अपनायो । यो कालाखंड मा एउटा ईतिहासको अन्त्य गरियो । पुजिबादमा रुपान्तरण भयो । यसको प्रभावले अब चीनमा अहिले पनि धनि र गरीब बिचको भेदभाब कायम छ तर पिडीतहरु आवाज उठाउन सक्दैनन् , बन्चित छन् । चीनमा कसैले पनि आफ्नो अधिकारका लागि संघर्ष गर्न पाउदैन । यो सत्ता बाट पैदा हुने संशोधन बादी बिचलन पहिलोको तुलनामा बढी खतरा र हानिकारक छ । सर्बाहारा बर्गीय अधिकारका लागि ।
अब कार्यनितीको बिषयमा चर्चा गरौँ
क्रान्तीको सफलताका लागि मौलिक कार्यनिती हुन् आवश्यक छ । त्यो कार्यनिती देशको आन्तरिक अनुकुलताको र सापेक्षतामा हुनु पर्दछ भन्ने ज्ञान हामीलाई दुई सफल क्रान्तीको कार्यनीतिले दिएको छ । क्रान्ती गर्न खोजिएको देशमा पुजिबाद आएको / आउदै गरेको कुन अवस्थामा छ / अर्ध औपनिबेशिक , अर्ध सामान्ती , उद्दोग कलकारखाना , मजदूरको संख्या , किसानको संख्या,सर्बाहारा बर्गको संख्या र मध्यम बर्गको संख्या गाउँ र सहर बिचको अन्तर , आम जनताको बिज्ञान र प्रविधिमा पहुच अनि राज्य कतिको जनहितमा छ भन्ने तथ्यको बस्तुगत मुल्याकन गरी क्रान्तीको कार्यनिती ठोस गर्नु पर्दछ । अनिमात्रै आंशिक क्षतिका बाबजुत क्रान्ती सफल हुन्छ ।
१- रुसी जन विद्रोहको बिशेषताबारे
सन् १९०५ देखि १९१७ सम्म लेलिनले रुसमा क्रान्ती गर्दा रुस अरु युरोपको तुलनामा कमजोर पुजिबादको बिकास हुदै गरेको एउटा साम्राज्यबादी मुलुक थियो । उद्दोग कलकारखानाको बिकास भएकोले मजदूर बर्गको बाहुल्यता थियो ।सामान्य मानिसहरु भन्दा बढी संख्या मजदूरकै थियो ।धेरै मानिस उद्दोगमा मजदूर भएकाले गाउँमा किसानको संख्या कमि थियो । राज्यले उद्दोगका मालिकहरुलाई जति सकिन्छ मजदूरहरुलाई लुट्ने छुट दिएको थियो । त्यसबेला रुसको राज्य पक्ष पहिलो विश्व युद्दमा सहभागी बनेको थियो र नराम्रो हार बेहोर्नुको कारणले आम बाताबरण र आम जनताको दैनिकी कष्टपूर्ण अनि बिष्फोट हुदै गयो । किसान मजदूरहरुले लेलिनको नेतृत्वमा आमुल परिवर्तनका लागि संगठित भएर विद्रोहका लागि तयार भए । संघर्षको केन्द्र सहर र मजदूर थिए । जुन कार्यनितीको निम्न सहायक बुदामा संश्शेलित गरिएको थियो ।
क – मजदूर बर्गको भारी मात्रामा संख्या
ख – ससस्त्र शक्तीको सु संगठित तयारी
ग – सहर केन्द्रित संघर्ष र हडतालमा जोड
घ – विद्रोहात्मक तरिकाको बस्तुबादी प्रयोग
ङ्ग – कम्युनिष्ट पार्टीको सफल नेतृत्व
रुसी पहिलो समाजबाद ल्याउने कार्यनिती यी र यस्ता थिए , आज आफ्नो देश अनुकुलका छन् भने प्रयोग गर्न सकिन्छ । छैन भने श्रीजनात्मक बिकास गरी आफ्नो देशको मौलिकतामा कार्यनिती बनाई क्रान्ती गर्न सकिन्छ । यसलाई मालेमा वादको कार्यनितीमा सृजनात्मक विकास मानिन्छ । रुसी बिद्रोह सहरमा केन्द्रित र मजदूर माथि भरपुर भर गरेर बिद्रोह मार्फत सत्ता परिवर्तन गर्ने पहिलो सफल जनविद्रोहको कार्यदिशा थियो । यसको उदाहरनको रुपमा आम क्रान्तीकारीहरुले सन् १९१७ को अक्टोबर क्रान्तीलाई लिन सकिन्छ र शिक्षा लिन चुक्नु हुदैन ।
२-चिनिया क्रान्ती कामरेड माओले बिकास गरेको मौलिक कार्यनितीबारे
सन् १९२४ देखि सन् १९४९ सम्म कामरेड माओले चिनिया कम्युनिष्ट पार्टीको दीर्घकालिक जनयुद्दको नेतृत्व प्रदान गर्नुभयो । रुस र चीनको अवस्थामा तमाम खालका भिन्नता थिए ।चाईनामा पुजिबाद पूर्ण रुपमा आएको थिएँन । पूर्ण रुपमा स्वाधीन पनि थिएँन । अर्ध सामान्ती र अर्ध औपनिवेशिक थियो चिन। कृषिप्रधान देश भएका कारणले धेरै मानिस कृषक थिए । सामन्त बादी अर्थ ब्यबस्था र तिनीहरुको शोषण , उत्पीडन जर्जर अवस्थामा थियो । जापान ,ब्रिटेन , पोर्चुगल जस्ता देशको प्रभुत्व कायम थियो । तत्कालिन अवस्थामा चाइनामा दुई खालका अन्तरविरोध देखिएका थिए । पहिलो सामन्तबाद र किसान बिचको , दोस्रो प्रभुत्वबादी देशहरु र चिनिया जनताबीचको थियो । गाउँका किसान सामन्ती उत्पीडनबाट मुक्ती चाहन्थे भने सहरमा बस्ने चिनियाहरू बिदेशीको प्रभुत्वबाट मुक्ती चाहन्थे । यसरी गुज्रिएको चीनको परिश्थितिको कारण कामरेड माओ निकै चुनौतीपूर्ण अवस्थामा पुगेका थिए । अन्तरसंघर्षको लामो रस्साकस्सी पछि मात्रै कामरेड माओ मौलिक ढंगको कार्यनिती बिकास गर्न सफल हुनुभयो । जो हो दिर्घकालिन जनयुद्दको कार्यदिशा ।
क्रान्तीकारीहरुका लागि प्रेरणाको बिषय यो छ कि माओका सहयोद्दा तीनजना जो माओ पछिका सहायक मुख्य नेताहरु उनिहरु रुसी लेलिनले बिकास गरेको कार्यनितीको हुबहु कपी गरी चिनिया क्रान्ती गर्न खोजेका थिए । तर कहिल्यै सफल भएनन् । माओले अन्तर संघर्ष र चिनिया क्रान्ती जित्ने मौलिक कार्यनितीको बिकास गर्नुभयो । माओले चीनमा क्रान्तीको नेतृत्व गरिरहदा चिनिया क्रान्ती कसरी सफल बनाउने एक चुनौतीको बिषय बनेको थियो । रुसी क्रान्तीको भन्दा अर्को तरिकाको अवगत थिएन। रुसी तरिकाको हुबहु कपिले चिनिया क्रान्ती सफल हुने थिएन । यो घडीमा माओले निकै मिहेनतका साथ् बहस गर्नु भएको थियो । बहस के मा थियो भने उहाँका सहकर्मी वाङ्ग , मिङ्ग , लिल्ली , क्याउ,थाउ, चुचुपाई , जस्ता पात्र भन्थे ।क्रान्ती गरे रुसी मोडेलकै गर्ने नभए क्रान्ती नै नगर्ने ।तर माओ दोस्रो र उपयुक्त विकल्पको निचोडमा पुगे ।चिनिया जनता उत्पीडन र प्रभुत्व बाट मुक्ती चाहन्थे । सामन्तबादी अर्थ सम्बन्ध बाट पनि मुक्ती चाहन्थे । क्रान्ती आवश्यक थियो सफल पार्न का लागि । यसको सिलसिलामा दिर्घकालिन जनयुद्दको कार्यदिशा र निम्न खालका चिनिया क्रान्ती सफल पार्ने मौलिक कार्यनितीको बिकास गर्नुभयो ।
क – किसान शक्तीको बाहुल्यता
ख – नियमित जनमुक्ती सेनाको गठन
ग – दिर्घ कालिन जनयुद्दको प्रयोग
घ -गाउँ केन्द्रित संघर्षका कार्यक्रम
ङ्ग -चिनिया कम्युनिष्ट पार्टीको नेतृत्व
च -तीनवटा जादुगरी हतियार अर्थात संयुक्त मोर्चा
यी र यस्ता मौलिक कार्यदिशाले सफल चिनिया क्रान्तीको शिक्षा अरु क्रान्तीकारीहरुले लिनु पर्दछ ।
जनयुद्द रणनैतिक रक्षाको चरणमा छापामार लडाई
रणनैतिक सन्तुलनको चरणमा चलायमान लडाई जितेको कुरा ध्रुब सत्य छ नि ।तर रणनैतिक प्रत्याक्रमणको मोर्चाबन्दी लडाई हार्नु परेको कारण कार्यनितीमा मौलिकताको अभाब ले हो । काँडेतार काट्न नसक्नु , अमेरिकन फोट्टीफिकेसनामा बनेका शाही ब्यारेक ध्वस्त पार्न नसक्नु , बिजयको यात्रामा हिडेको जनमुक्ती सेनाका योद्दाहरुलाई रिटिटको कासन गर्नु अर्थात फर्किने आदेश दिनु , मुलत नेपाली बिशेसताको मौलिक कार्यनितीको बिकास गर्न नसक्नु नै हो । माओको जस्तो जनयुद्दको मौलिक कार्यनिती बनाउनु प्रचण्डले कहिल्यै मुख्य नेतृत्वको सामुहिक छलफल नै गरेनन । नेपाली जनयुद्दको मौलिक कार्यनिती कस्तो बनाउने भनेर न त् पार्टी कमिटीमा छलफल नै चलाए । त्यसैले पहिलो तर्क प्रचण्डको दिमाखमा नेपाली समाजमा अब बल प्रयोगको सिद्दान्त सकिएको हो । दोस्रो तर्क वर्ग संघर्ष बाट मानब जातिको मुक्ती सम्भब छैन भन्ने कुराको अपूर्ण बुझाई , तेस्रो पलायन बिसर्जनको सिकार , चौथो कायर , आत्म समर्पणबादी जस्ता तर्क छन् ।
सारमा नेपाली जनयुद्दको मौलिक कार्यनीतिको बिकास गर्न नसकी आतंकित भएर जनयुद्द बाट भागेको मान्न सकिन्छ ।
नव प्रतिक्रियाबादी, प्रतिक्रान्तीकारी, संशोधनाबादी, बिसर्जनबादी, पलायनबादी, अवसरबादी, धोकेबाज, लाल गद्दारहरु हो । साम्राज्यवादका असल नौकरहरु हो । आफ्नो कुर्चीका लागि जनघात र राष्ट्रघात गर्ने हरुहो । आफ्नो लुटको राज्य लम्भ्याउन बिरोधि आवाज जनताको आवाज दबाउन जन दमन र जन हत्या गर्दै फासिवाद देखाउने हरुहो । समाजबाद उन्मुख संम्बिधान र संसद बाट समाजबाद आउछ भन्नेहरु हो कम्युनिष्टको मुकुण्डो लगाई सच्चा कम्युनिष्टको बदनाम गर्ने हरु हो । तिमीहरु कम्युनिष्ट होइनौ। तिमीहरु संशोधनबादी हौ । निकिता खुस्चेब , ल्यु सावोची , देङ्ग सावपिङ्गका सन्तान हौ ।वर्ग समन्वयका कुरा गर , पुजिबादको वकालत गर , तर समाजवादको कुरा नगर ।शान्तीपूर्ण संसदबाट समाजबाद आउदैन । संसदबाट आउने भनेको संशोधनबाद हो र पुजिबाद मात्रै हो ।
सत्य कुरा के हो भने संसदबाट समाजबाद ल्याउछु भन्ने हरु संशोधन्बादी नै हुन् । समाजबाद वर्ग संघर्ष क्रान्ती जनयुद्द , जनविद्रोह , मार्फत बाट मात्र आउछ । यो सम्म जनयुद्दको नेतृत्वकर्ता गिरेर अभिब्यक्ती दिन थालेपछि कामरेड विप्लवले एकिकृत जनक्रान्ती र बैज्ञानिक समाजबाद अगाडी सार्नुभयो , यो के हो ? चर्चा , बहस गरौ ।















