वडाध्यक्षले गाउँपालिका अध्यक्ष र उनकी पत्नीलाई कुटेर बनाईदिए गम्भीर घाइते, हेलिकप्टरमा गरियो उद्धार !

कालिकोट।

कालिकोटको पलाता गाउँपालिकाका अध्यक्ष लक्ष्मण बमलाई वडाध्यक्षले कुटेपछि गम्भीर घाइते भएका छन् । उनलाई उपचारका लागि हेलिकोप्टरबाट आइतबार कर्णाली प्रदेश अस्पताल सुर्खेत पुर्याइएको छ ।

उपभोक्ता समिति गठनको विषयमा विवाद हुँदा शनिबार पलाता गाउँपालिका वडा १ का अध्यक्ष मानबहादुर भण्डारीसहित वडा सदस्यहरुले अध्यक्ष बमलाई कुटपिट गरेका थिए ।

गाउँपालिका अध्यक्ष बमले ग्रामिण सडक योजनाको उपभोक्ता समिति गठन गर्ने विषयमा छलफल भइरहेका बेला वडाध्यक्षसहित चार जनाले ढुंगा र लाठ्ठीले कुटपिट गरेको बताएका छन् ।

उनीलाई हेलिकोप्टरले पलाताबाट सुर्खेत ल्याइयो । उनको दायाँ कान नजिकै चोट छ भने उनकी श्रीमती गोरीकलाको टाउकोमा गम्भीर चोट छ।

अध्यक्ष बमले आक्रमणमा संलग्न चार जनाविरुद्ध ज्यान मार्ने उद्योगमा लिखित जाहेरी दिएपनि जिल्ला प्रहरी कार्यालय कालिकोटले मुद्धा दर्ता गर्न नमानेको बताएका छन् ।

तपाईको प्रतिक्रिया

Loading...

सम्बन्धित समाचार