लिस्बन।

लकडाउनमा भारतको गुजरातमा फसेका नेपालीलाई सुदूरपश्चिम समाज पोर्चुगलले आर्थिक सहयोग गरेको छ।
कोरोना महामारीका कारण रोजगारी गुमाएका र नेपाल र भारतमा लकडाउन भएपछि नेपाल फर्किन नसकेपछि रोजगारी गुमाएका उनीहरु समस्यामा परेका थिए।
दैनिक मजदुरीमा काम गर्ने उहिहरुले आफ्नो रोजगारी गुमाएपछि र नेपाल फर्किन सक्ने अवस्था पनि नभएपछि खानाको समेत समस्या भएको हो।
उनीहरुले आफ्नो समस्या सामाजिक संजालबाट राख्दै नेपाल सरकारलाई उद्धार गरिदिन हुन आग्रह गरेका थिए। तर नेपाल फर्किन चाहने हजारौ नेपालीहरु नेपाल भारत सीमामा नै अलपत्र परेका छन्। उताबाट भारत सरकार आफ्नो देश जाउ भन्दै लखेट्छ, यता नेपाल सरकार आफ्नो देशभित्र छिर्न नै दिदैन।
केहिदिन अगाडी मात्रै खाना नपाएर ३ दिनदेखि भोकभोकै बसेका एक नेपालीको मृत्यु भएको र अर्का नेपालीले झुन्डिएर आत्महत्या गरेको खबर बाहिरिएको थियो।
गुजरातमा रोजगारी गुमाएका र खानाको समस्या भएका नेपालीहरुलाई सहयोग होस् भनेर प्रबासी नेपाली संघ गुजरात सयुक्त राज्य समित्ति मार्फत ९००० भारतीय रुपैया सहयोग पठाएको सुदूरपश्चिम समाज पोर्चुगलका अगुवा कृष्ण जंग कुँवरले भोइस अफ नेपाललाई बताए।
















