पोर्चुगलमा बिद्यालयहरु १८ मे बाट खुल्ने, यस्ता छन् परिवर्तित नियमहरु !

प्रविन धिताल, लिस्बन।

कोरोना माहामारीका कारण मार्चको दोश्रो साताबाट बन्द भएका बिद्यालयहरु क्रमिक रुपमा १८ मे बाट खुल्ने भएका छन्।

पहिलो चरणमा ११ र १२ का कक्षाहरु सुचारु गरिने स्वास्थ्य महानिर्देशनालायले जनाएको छ।

११ र १२ कक्षाका बिद्यार्थीहरु कक्षाकोठामा आफ्ना शिक्षकहरुसंग आमने सामने कक्षा लिन सक्नेछन, तर उनिहरुको लागि कोरोनाको सम्भाव्य संक्रमणको जोखिम कम गर्न स्वास्थ्य महानिर्देशनालायले नियमहरु बनाएकोछ, जुन बिद्यार्थीहरु र बिद्यालय प्रशासनले पालना गर्नुपर्नेछ।

बिद्यार्थीहरुलाई मास्कको प्रयोग अनिवार्य गरिएको छ। बिद्यालय प्रवेश र बाहिर निस्कदा अनिवार्य सेनिटाइजर प्रयोग गरेर हात सफा गर्नुपर्नेछ।

त्यस्तै बिद्यालयले सामाजिक दुरी कायम गर्दै बिद्यार्थीहरुलाई सानो सानो समुहमा विभाजन गर्नुपर्नेछ, र एउटा कक्षा कोठा एउटा ग्रुपले मात्रै प्रयोग गर्न पाउनेछन्। एउटै कक्षामा फरक फरक ग्रुपलाई पढाउन पाईने छैन।

बिद्यालयमा कक्षा कोठामा र बाहिर कम्तिमा १.५ मिटरको सामाजिक दुरी कायम गर्नुपर्नेछ। कक्षाकोठमा बेञ्च र डेस्कहरु पनि दुरी कायम गर्दै झ्याल र भित्तातिर राख्नुपर्नेछ। बिद्यार्थीहरुलाई आमने सामने राख्न पाईने छैन।

कक्षाकोठाका झ्याल र ढोकाहरु खुला राख्नुपर्नेछ। कक्षाकोठमा यथेष्ट भेण्टिलेशन को व्यवस्था हुनुपर्नेछ। एयर कन्डिसन प्रयोग गरिने कोठामा एयर एक्स्ट्राक्सन गर्नुपर्नेछ, रिसर्कुलेशन गर्न पाईनेछैन।

बिध्यलयमा बफेट, बार, सपोर्ट रुम, सोसियल रुम आदि प्रयोग गर्न पाईनेछैन, अनिवार्य रुपमा बन्द रहनेछन।

बिद्यालयको भुई सतह दिनको ३ पटकसम्म सफा गरेर निटाणुरहित गर्नुपर्नेछ।

बिद्यालयमा आइसोलेशन वार्डहरु अनिवार्य रुपमा निर्माण गरिएको हुनुपर्नेछ। यदि कसैमा कोरोनाको कुनै पनि किसिमको लक्षण देखिएमा तुरुन्तै आइसोलेशन वार्डमा सारेर स्वास्थ्य सेवाको २४ सै घण्टे हटलाइनमा सम्पर्क गर्नुपर्नेछ।

पोर्चुगलको सरकारले बिद्यालयहरु क्रमिक रुपमा खुला गर्दै लाग्ने जनाएको छ र सबैले परिवर्तित नियमहरु पालना गर्नुपर्नेछ।

तपाईको प्रतिक्रिया

Loading...

सम्बन्धित समाचार