लिस्बन।

पोर्चुगलको अल्गार्भमा यो बर्ष सबै ग्रिष्म महोत्सवहरु रद्ध हुनसक्ने बताईएको छ।
अल्गार्भका दुई ठुला महोत्सवहरु पोर्तिमाउको सार्दीन फेस्टिवल र सेर्रा दि साओ ब्रास दे अल्पोर्तेल फेस्टिवल कोरोनाका कारण रद्ध भईसकेका छन्।
सेप्टेम्बरको अन्त्यसम्मका सबै सांगीतिक कार्यक्रमहरु यसअघि नै रद्द गर्ने सरकारी निर्णय भईसकेको छ। देशैभर सेप्टेम्बरको अन्त्यसम्म कुनै पनि सांगीतिक कार्यक्रमहरु हुने छैनन्।
अल्गार्भका दुई सबैभन्दा ठुला महोत्सव रद्द भएसँगै यो क्षेत्रमा हुने सबै कार्यक्रमहरु रद्द हुनसक्ने सम्भावना बढेको छ।
















