लिस्बन।

लिस्बनको मार्केस पोम्बाल स्थित सेफ कार्यालय आजदेखि सुचारु भएको छ।
एभिनिदा आन्तोनियो अगुस्तो दे अगुइअरमा अवस्थित सेफको कार्यालय आजदेखि सर्वसाधारणका लागि खुला भएको छ।
सेफको सो कार्यालय कोरोना महामारीभन्दा अगाडीबाट नै आन्तरिक मर्मत सम्भार भईरहेको भएतापनि सेवा सुचारु नै थियो।
संकटकालपश्चात सैफ्का सम्पूर्ण कार्यालयहरुले सेवा बन्द गरेका थिए। मे २ तारिख संकटकालको अन्त्यसंगै सेफका अधिकांस कार्यालयहरु खुलेतापनि मार्केस पोम्बाल स्थित कार्यालय भने खुलेको थिएन।
सेफको केन्द्रिय कार्यालयले मार्केस पोम्बालस्थित इकाईको मर्मत सम्भार कार्य सेवाग्राही र कर्मचारी दुबैका लागि अतिनै उच्च गुणस्तरको भएको र आजैबाट सर्वसाधारणका लागि सेवा संचालन गरिएको जनाएको छ।
सेवालाई चुस्त दुरुस्त बनाउन स्वचालित ढोकाहरु जडान गरिएको छ। सेवाग्राहीहरुको लागि छुट्टै पर्खने कोठा बनाईएको छ र क्षमता बधाईएको छ।
त्यस्तै छिटो छरितो सेवा प्रदान गर्न सेवा काउन्टरको संख्या १५ बाट बढाएर २४ पुर्याईएको छ।
कोरोना संक्रमणको जोखिमको अन्त्य नभईसकेकोले स्वास्थ्य महानिर्देशनालयले तय गरेको नियम सेवाग्राही र कर्मचारी सबैले पालना गर्नुपर्नेछ।
















