क्वारेण्टिनबाटै नेपाली चेलीहरुले भने ‘ गो ब्याक इण्डिया ‘ ( फोटोफिचर )

लिस्बन।

भारतले नेपाली भूमिमा गरेको अतिक्रमणप्रति पोर्चुगलमा रहेका नेपाली चेलीहरुले नौलो तरिकाले बिरोध गरेका छन्।

उनीहरुले क्वारेण्टिनबाटै ‘ गो ब्याक इण्डिया ‘ सहितका नाराहरु लेखिएको प्ले कार्डहरु बोकेका फोटोहरु सामाजिक संजालमा राखेर भारतको नेपालप्रति गरेको हेपाहा प्रबृत्ति रबैयाको बिरोध गर्दै मातृभूमिप्रति माया दर्शाएका छन्।

नेपाली नारी समाज पोर्चुगलमा आबद्ध नेपाली चेलीहरुले कोरोना महामारीको समयमा सामाजिक दुरी कायम गर्नुपर्ने र सकेसम्म भिडभाड र भेला गर्न नहुने भएकोले क्वारेण्टिनबाटै नेपाली भूमि अतिक्रमण गरी भारतले सडक मार्ग उद्घाटन गरेकोमा विरोध जनाएका हुन्।

“अन्तराष्ट्रिय कानून विपरीत तथा नेपालको सार्वभौमिकता र भौगिलिक अखण्डतामाथिको ठाडो हस्तक्षेप भएको ठहर गर्दै समाजले भारतीय रवैयाको खुलेर विरोध गरेको हो” समाजकी अध्यक्ष जयकला राई बताईन् ।

“हामीले हिजोमात्रै एक विज्ञप्ति मार्फत भारतले नेपाली भूमि हुँदै चीनको तिब्बतस्थित कैलाश मानसरोवर जाने सडकको उद्घाटन गरेकोमा विरोध जनाएका छौ” समाजकी उपाध्यक्ष मिनामाया खरेल बताईन् ।

“नेपाल सरकारले सामान्य वक्तव्य र सामान्य नोट जारी गरेर झारा टार्ने काम गरेको ” नारी समाजकी उपाध्यक्ष बिमला आचार्यको जिकिर छ।

” भारतले नेपाली भूमिमा गरेको अतिक्रमणले हामी प्रवासमा रहेका नेपालीहरुको मन दुखेको छ। नेपाल सरकारले सिमा बिबादमा दीर्घकालीन समाधानका लागि उच्चस्तरीय कुटनैतिक पहल गर्न हाम्रो समाज आग्रह गर्दछ” समाजकी निबर्तमान अध्यक्ष सीता बरालले बताईन् ।

समाजले यसघि हिजो नै एक बिज्ञप्ति मार्फत् भारतको नेपालप्रतिको सिमा अतिक्रमण र हेपाहा प्रबृत्तिको बिरोध गरेको थियो।

‘यसअघि पनि नेपालको लिम्पियाधुरा, लिपुलेक र कालापानीलाई भारतीय सिमानाभित्र गाभेर भारत सरकारद्वारा १ नोभेम्बर २०१९ मा भारतीय राजनीतिक नक्सा जारी गर्नु, ऐतिहासिक तथ्य, दस्तावेज, प्रमाण तथा सन्धिले नेपाली भूमि भन्ने प्रमाणित हुँदाहुँदै भारत सरकारद्वारा सडक निर्माण हुनुले लामो समयदेखि भारतले निरन्तर नेपाली सीमा अतिक्रमण गरेको पुष्टि गर्दै भारतीय बिस्तारबादी चरित्रलाई पुनः एकपटक छर्लङ्ग पारेको छ ।’ जारी विज्ञप्तिमा भनिएको छ ।

विज्ञप्तिमा भारतले हाम्रो जमिनमाथि पटकपटक गरेको हस्तक्षेप र यस किसिमको भारतीय रवैयाको सबैले खुलेर बिरोध गर्नुपर्ने उल्लेख छ । नेपालको भूमि (
(कालापानी, लिपुलेक र लिम्पियाधुरा) अतिक्रमण गरी जारी गरेको नक्सा सच्याउन तथा सीमामा तैनाथ भारतीय सेना अविलम्ब फिर्ता गरी उच्चस्तरीय राजनीतिक एवं कूटनीतिक वार्ताको माध्यमबाट जारी सीमा विवाद समाधान गर्न समाजले माग गरेको छ ।

विश्वका जुनसुकै कुनामा बसेपनि मूलतः हामी नेपाली हौँ र नेपाल भूमि हाम्रो आत्मा हो । नेपाली भूमिमाथि हुने जुन कुनै अतिक्रमण पनि हाम्रो आत्मामाथि प्रहार हो । हामी हाम्रो आत्माको रक्षाका लागि देश विदेशमा रहनुभएका सबै नेपाली दाजुभाई दिदीबहिनीहरुलाई हार्दिक अपील गर्दछौं ।’ विज्ञप्तिमा उल्लेख छ ।

तपाईको प्रतिक्रिया

Loading...

सम्बन्धित समाचार