पोर्चुगलमा सेन्जेन बाहिरका अन्तराष्ट्रिय उडानहरु जुन १५ सम्म रद्द

लिस्बन।

पोर्चुगल सरकारले कोरोना महामारी नियन्त्रण गर्न सेन्जेन राज्य बाहिरका सबै अन्तराष्ट्रिय उडानहरु १५ जुनसम्मका लागि रद्द गेरको छ।

सरकारी गजटमा प्रकाशित निर्णयमा भने केही अपवादहरूका देशहरुलाई उडानको अनुमति दिएको छ ।

तीमध्ये युरोपमा गैर-सेन्जेन देशहरू जस्तै नर्वे, लिक्टेनस्टीन, स्विजरल्याण्ड र आइसल्याण्ड र पोर्तुगाली भाषी देशहरूबाट अन्तराष्ट्रिय उडान भने परिमार्जित नियम अनुसार हुन सक्नेछन् ।

बेलायत , संयुक्त राज्य अमेरिका, भेनेजुएला र दक्षिण अफ्रिकाका देशहरुमा पोर्तुगाली नागरिकहरू अधिक बसोबास गर्ने भएकाले यी देशहरुबाट पनि परिमार्जित नियम अनुसार पालना गर्दै अन्तराष्ट्रिय उडानहरु भर्न सक्नेछन्।

बाँकीका सबै देशहरुसँगका सबै अन्तराष्ट्रिय उडानहरु जुन १५ सम्मका लागि निषेध गरिएको छ।

तपाईको प्रतिक्रिया

Loading...

सम्बन्धित समाचार