सार्वजनिक यातायातमा मास्क नलगाउने ८० जना कारवाहीमा , ६० जनालाई जनही ३५० युरोसम्म जरिवाना, २० जना हिरासतमा

लिस्बन।

पोर्चुगलमा सार्वजनिक यातायातमा मास्क नलगाउने ८० जना जना कारवाहीमा परेका छन्।

पोर्चुगल सरकारले मार्च १९ मा लागु गरेको संकटकाल तीन चरण पश्चात मे २ तारिखमा अन्त्य गरेको थियो। तत्पश्चात जनजीवन सामान्य बनाउन लकडाउनमा केही खुकुलो गर्दै मे ४ तारिखबाट लागु हुनेगरी नियममा ब्यापक परिवर्तन गरेको थियो।

सरकारले मे ४ तारिखबाट सार्वजनिक बन्द स्थानहरुमा र सार्वजनिक यातायातमा मास्कको प्रयोग अनिवार्य गरेको थियो। सार्वजनिक यातायातमा मास्कको प्रयोग नगरेमा कम्तिमा १२० युरोदेखि बढीमा ३५० युरोसम्म जरिवाना गरिने नियम लागु गरिएको थियो।

मे ४ यता सार्वजनिक यातायातमा मास्कको प्रयोग नगर्ने ८० जना कारवाहीमा परेका छन्। कारवाहीमा परेका ८० जनामध्ये ६० जनालाई जनही ३५० युरोसम्म जरिवाना गरिएको छ भने २० जना पक्राउ परेका छन्।

सुरक्षा अधिकारीहरुका अनुसार सार्वजनिक बन्द स्थान र व्यवसायिक र व्यापारिक प्रतिष्ठानहरुमा मास्कको प्रयोग नगर्ने १,६९८ जनालाई चेतावनी चेतावनी दिईएको छ।

तपाईको प्रतिक्रिया

Loading...

सम्बन्धित समाचार