लिस्बन।

पोर्चुगल र इटालीबिच हवाई सेवा १५ जुनसम्मका लागि निलम्बन गरिएको छ।
कोरोना महामारीका कारण पहिलोपटक १० मार्चमा १४ दिनका लागि स्थगन गरिएको थियो। इटालीमा कोरोना संक्रमण बढ्दै गएपछि र पोर्चुगलमा इटाली भ्रमण गरेर फर्किएका व्यक्तिमा संक्रमण देखिएपछि हवाई उडान रद्ध गरिएको थियो।
इटालीमा अझै पनि कोरोना संक्रमण नियन्त्रणमा आइनसकेको र पोर्चुगल पनि नियन्त्रणकै चरणमा रहेकोले दुवै देशबिचको हवाई सेवा थप समयका लागि स्थगन गर्नुपरेको अधिकारीहरुले बताएका छन्।
















