ग्राण्डी अस्पतालका कर्मचारीमा कोरोना संक्रमण

काठमाडौं ।

राजधानीको धापासी स्थित ग्राण्डी अन्तर्राष्ट्रिय अस्पतालमा कार्यरत एक कर्मचारीमा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ ।

उनी काठमाडौंको गोकर्णेश्वरका स्थायी बासिन्दा भएको स्रोतले जनाएको छ ।

अस्पताल स्रोतका अनुसार उनीमा केहीदिन अघि कोरोना परीक्षणका लागि स्वाब संकलन गरिएकोमा शनिबार कोरोनाको पुष्टि भएको हो।

शनिबार स्वास्थ्य मन्त्रालयले सार्वजनिक गरेको अध्यावधिक विवरणअनुसार काठमाडौंका एक जनामा कोरोना पुष्टि भएको उल्लेख थियो ।
कर्मचारीमा कोरोना पुष्टि भएसँगै अस्पताल सिल गर्ने तयारी गरिएको छ ।

अहिले कन्ट्याक्ट ट्रेसिङका लागि इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाको टोली खटिसकेको मन्त्रालयल स्रोतले जनाएको छ ।

तपाईको प्रतिक्रिया

Loading...

सम्बन्धित समाचार