काठमाडौँ।

नेपाली सिने जगतकी चर्चित नायिका बर्षा शिवाकोटीले नेपालमा बिध्यमान जातीय विभेदको बिरुद्दमा आफ्ना बुलन्द आवाज पस्किएकी छिन्।
नेपालमा जातीय विभेदको अन्त्य गर्न आफ्नो सोच बदल्नुपर्ने उनको तर्क छ।
“मान्छेहरु सबै समाज बदल्न कस्सिएका छन् , तर आफ्नो सोच बदल्नेतर्फ कोही सोच्दैनन्। आफ्नो सोच परिवर्तन नगरी समाज परिवर्तन सम्भव छ “, उनको तर्क छ।
कुनै पनि आधुनिक समाजमा जातीय विभेद सह्य नहुने र यसको अन्त्य हुनुपर्ने उनको भनाइ छ।
















