मदेइरामा २५ दिनपछि फेरी कोरोना संक्रमण देखियो !

लिस्बन।

पोर्चुगलको मदेइरा टापुमा २५ दिनपछि फेरी कोरोना संक्रमण देखिएको छ।

२५ दिनपछि कोरोना संक्रमित पुष्टि भएका युवक २०-३० बर्ष उमेर समूहक रहेको स्वास्थ्य महानिर्देशनालयले जनाएको छ।

संक्रमित ब्यक्ति हिजै मात्र मदेइरा टापुमा हवाईमार्ग मार्फत आएका थिए। उनमा कुनै पनि लक्षणहरु नदेखिएको तर कोरोना संक्रमणको पुष्टि भएको छ।

यो घटनासंगै मदेइरामा कोरोना संक्रमितहरुको संख्या ९१ पुगेको छ।

संक्रमितहरुमध्ये ८० जना निको भईसकेका छन्।

तपाईको प्रतिक्रिया

Loading...

सम्बन्धित समाचार