इमर्जेन्सीमा भर्ना भएका बिरामीमा कोरोना पुष्टि भएपछि धनगढीको नवजीवन अस्पताल ‘सिल’

कैलाली ।

धनगढीको नवजीवन अस्पतालमा उपचार गराइरहेका एक पुरुषमा कोरोना पुष्टि भएको छ ।

गोदावरी नगरपालिका वडा नम्बर ४ का ४३ वर्षीय पुरुषमा कोरोना पुष्टि भएको हो । उनी केही दिनदेखि नवजीवन अस्पतालको आईसियुमा उपचार गराईरहेका थिए ।

इमर्जेन्सी केस भएका कारण हिजो राति धनगढी स्थित प्रयोगशालामा जाँच गर्दा उनीमा कोरोना पुष्टि भएको हो ।

पुरुषको सम्पर्कमा आएका नवजीवन अस्पतालको आईसियुमा रहेकाहरुलाई आईसोलेसनमा राखिएको छ भने अस्पताललाई सिल गरिएको छ ।

संक्रमण पुष्टि भएका पुरुषलाई सेती प्रादेशिक अस्पतालको आईसियुमा सारिएको छ ।

तपाईको प्रतिक्रिया

Loading...

सम्बन्धित समाचार