एमसिसीको पक्ष विपक्षमा माइतीघरमा सडकमै बहस इजलास

काठमाडौं ।

राजधानीको माइतीघर मण्डलामा एमसिसीको पक्ष विपक्षमा सडकमै बहस इजलास कार्यक्रम सम्पन्न भएको छ ।

सम्भवत: नेपालमै पहिलो पटक सडकमै हजारौं जनताको बीचमा खुला बहस इजलास सम्पन्न भएको छ । उक्त बहसमा चर्चित युवा नेता आलोक रायमाझी, वरिष्ठ अधिबक्ता बोर्ण बहादुर कार्की, स्वागत नेपालले बहस तथा एमसिसीको चिरफार गरेका थिए ।

उक्त कार्यक्रममा नेता आलोक रायमाझीले केहि पैसाका निम्ति देश बेच्न खोजे अब जनताहरुको आक्रोशको आगोले भ्रष्ट र दलालहरुलाई खरानी बनाउने चेतावनी दिए ।

उक्त कार्यक्रममा जनताका सबालहरुको जवाफ समेत दिएर सम्पन्न भएको छ । केहि जनताहरुले स्टेज बाटै एमसिसी पास भए आत्मदाह गर्ने स्वघोषणा समेत गरे भने केहिले आत्मघाती समेत बन्ने घोषणा गरे ।

तपाईको प्रतिक्रिया

Loading...

सम्बन्धित समाचार