अमेरिकामा अलपत्र नेपालीको उद्धार चार शहरबाट चार्टर्ड बिमानद्वारा गरिने

वासिङ्टन ।

कोभिड-१९ का कारण अलपत्र परेका नेपालीको उद्धार गर्न अमेरिकाका चार शहरबाट चार्टर्ड उडान हुने भएको छ।

कतार एअरवेज र टर्किस एअरलाइन्सले गर्ने चार्टर्ड उडान अमेरिकाको न्यूयोर्क, सिकागो, वासिङ्टन र डलासबाट हुनेछ।

आगामी २३ र २५ जुनमा अमेरिकाका शहरबाट नेपालका लागि चार्टर्ड उडान हुने भएको हो।

कतार एअरवेज र टर्किस एअरलाइन्सले गर्ने उक्त चार्टर्ड उडान अमेरिकाको न्यूयोर्क, सिकागो, वासिङ्टन र डलासबाट हुनेछ।

चार शहरमा अलपत्र नेपालीको उद्धार गर्न दुई कम्पनीका जहाजले समान दुई/दुई उडान भर्नेछन्।

वासिङ्टनस्थित नेपाली दूतावासले कतार एअरवेजको भाडा १६०० डलर र टर्किस एअरलाइन्सको भाडा १५३७ डलर तोकिएको जानकारी प्राप्त भएको बताएको छ।

तपाईको प्रतिक्रिया

Loading...

सम्बन्धित समाचार