विदेशमा ज्यान गुमाएका २४ नेपालीको शव एकै दिन नेपाल ल्याइयो

काठमाडौं।

विभिन्न देशमा ज्यान गुमाएका २४ नेपालीको शव शुक्रबार एकै दिन ल्याइएको छ। विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९) संक्रमणपछि ल्याउन नसकिएका शव शुक्रबार ल्याइएको हो।

नेपाल नागरिक उड्यन प्राधिकरणका प्रवक्ता राजकुमार क्षेत्रीका अनुसार दोहाबाट २०, कुवेतबाट २ र यूएईबाट ४ गेरेर २४ शव एकै दिन ल्याइएको हो। दोहाबाट कतार इयरवेज, कुवेतबाट जजिरा एयरवेज र यूएईबाट नेपाल एयरलाइन्सले विदेशमा ज्यान गुमाएका नेपालीको शव ल्याएका हुन्।

शव त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ल्याएपछि केही आफन्तले बुझेका छन् भने केही शव जिल्लामै पुर्याएर बुझाउने तयारी वैदेशिक रोजगार बोर्डले जनाएको छ।

तपाईको प्रतिक्रिया

Loading...

सम्बन्धित समाचार