आकाशियो सुनको भाउ, प्रति तोला ९१ हजार

काठमाडौं ।

नेपाली बजारमा पहेंलो धातु सुनको मूल्य हालसम्मकै उच्च विन्दुमा पुगेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमवार अहिलेसम्मकै उच्च कारोबारमा सुनको खरीदविक्री भइरहेको छ ।

महासंघका अनुसार सोमवार छापावाल सुनको मूल्य प्रतितोला रू.९१ हजार छ भने तेजावी सुनको मूल्य प्रतितोला रू.९० हजार ५६५ मा कारोबार भइरहेको छ । त्यस्तै चाँदीको मूल्य भने प्रतितोला रू. ९५० मा कारोबार भइरहेको छ ।

निरन्तर उकालो लागिरहेको सुनको मूल्य सोमवार तोलामा रू.४०० बढेको हो । यो हालसम्मकै उच्च मूल्य भएको व्यवसायीहरुले बताएका छन् ।

आइतवार छापावाल सुन प्रतितोला रू. ९० हजार ६०० र तेजाबी सुन प्रतितोला रू. ९० हजार ३०० कारोबार भएको थियो ।

तपाईको प्रतिक्रिया

Loading...

सम्बन्धित समाचार