लिस्वन ।

युरोपियन युनियनभित्रका दुई मुलुक पोर्चुगल र स्पेनको सिमाना आगामी जुलाई १ देखि पुनः संचालनमा आउने भएको छ । दुवै देश सिमाना संचालनमा ल्याउन सहमत भएपछि मिति तय गरिएको हो ।
गणतन्त्रका राष्ट्रपति मार्सेलो रेबेलो डे सुसा, किंग फेलिप छैठौं र पोर्तुगाली प्रधानमन्त्री एन्टोनियो कोस्टा र स्पेनिश पेद्रो सान्चेज जुलाई १ तारिखका दिन सिमाना पुनः खोल्ने क्रममा एकै ठाउँमा भेला हुने भएका हुन् ।
समारोह काइया र बडाजोजको बीचमा हुने बताइएको छ । पोर्चुगाली र स्पेनिश प्रतिनिधिहरूले सीमामा भेला हुने र यसलाई स्पेनमा पारेर स्वागत समारोहको लागि पुर्याईनेछ । त्यसपछि खाजाको लागि पोर्चुगल सर्ने कार्यक्रम तय भएको स्रोतले जनाएको छ ।
कोभिड–१९ को महामारीका कारण पोर्चुगाल र स्पेन बीचको सिमाना गत मार्च १ गतेदेखि पुर्ण रुपमा ठप्प पारिएको थियो ।
















