काठमाडौं ।

पूर्वप्रधानमन्त्री तथा जनता समाजवादी पार्टीका नेता डा.बाबुराम भट्टराई काेराेना भाइरस संक्रमण कहरकै बीच हजुरबुवा बन्नुभएको छ । नेता भट्टराईले सामाजिक सञ्जालमार्फत आइतबार आफू हजुरबुवा भएको जानकारी दिनुभएको हो ।

नेता भट्टराईकी छोरी मानुसीले आइतबार बिहान छोरा जन्माएकी हुन् । उनले टिचिङ हस्पिटलमा शल्यक्रियामार्फत बच्चा जन्माएकी छन् । आमा र शिशु दुवै स्वास्थ्य रहेको बताइएको छ ।
















