काठमाडौं ।

अमेरिका गोरखा समाजले पालुङटार नगरपालिकामा कोरोना भाइरस संक्रमणबाट जीवन गुमाएका परिवारलाई सहयोग गरेको छ ।
समाजले कोरोनाबाट जीवन गुमाएका नगरपालिकाको वडा नम्बर ७ निवासी ४४ वर्षीय पुरुषको परिवारलाई १ लाख ११ हजार १ सय ११ रुपैयाँ सहयोग गरेको हो । समाजले उपलब्ध गराएको सहयोग रकम नगर प्रमुख ईं दिपक बाबु कंडेलले मृतकका परिवारलाई हस्तान्तरण गर्नु भएको छ।
कतारबाट फर्केका ती पुरुषलाई पालुङ्टार ७ मा रहेको क्वारेन्टाइनमा राखिएको थियो । परीक्षणका क्रममा कोरोना संक्रमण पुष्टि भएपछि गोरखा अस्पताल पुर्याइएको हो । धुमेहका बिरामी ती पुरुष उपचारको लागि असार २० गते राति ९ः५५ बजे अस्पताल भर्ना भएका थिए । उनको उपचारको क्रममा मृत्यु भएको हो ।
















