लिस्बन।

स्पोर्टिंग क्लबकी एक युवा बास्केटबल खेलाडीको लिस्बनमा साइकल चलाउदा कारले किचेर मृत्यु भएको छ।
स्पोर्टिंग क्लबबाट अण्डर १९ अन्तर्गत बास्केटबल खेल्दै आएकी १६ बर्षिया वर्षीया युवा बास्केटबल खेलाडी आना ओलिवेरालाई साइकल चलाई रहेको समयमा लिस्बनको क्याम्पो ग्रान्डेमा शुक्रबार राती कारले पछाडिबाट किचेर मृत्यु भएको हो।

दुर्घटनाको करिब साँझ ८:२० बजेतिर भएको हो ।
स्पोर्टिंग क्लबले सामाजिक मिडियामा आफ्नो खेलाडीको मृत्युमा दुःख व्यक्त गरेको छ।
आना ओलिवेरा स्पोर्टिंग क्लबबाट ६ बर्षदेखी खेल्दै आएकी थिईन्।

















