हरी कृष्ण न्यौपाने, कुवेत।
पोखरा घर भई कुवेतमा कार्यरत प्रेम कुमार गुरुङको हृदयघातको कारण मृत्यु भएको छ।उनको आज जुलाई १४,२०२० मंगलबारका दिन मृत्यु भएको हो।
मृतक गुरुङसंगै कार्यरत एक नेपालीले भने”कुवेतको अल मिश्रिफ कार वास कम्पनीमा सवारी चालकका रुपमा कार्यरत कुमार नामले चिनिने प्रेम गुरुङको आज बिहान मृत्यु भएकोमा हामी धेरै दुखी छौ।आज बिहान करिब ८:०० बजे डिउटी पुगेर सबै संगै बसी खाजा खायौ।त्यस पछी बसेकै कुर्सिमा उहा ढल्नु भयो।अनि हामीले एम्बुलेन्स बोलायौ, अस्पताल पुर्याउदा त उहाको मृत्यु भैसकेको बताइयो।”उनले थपे”खास प्रेम दाईलाई केही समय देखी प्रेशरको रोगले च्यापेको थियो।उनी केही समय देखी झोक्राएर बस्थे,धेरै बोल्दैनथे।”
नेपाली राजदूताबास कुवेतकी द्धितीय सचिब जानकी ओझाले भनिन् “प्रेम गुरुङको मृत्युको सम्बन्धमा प्रारम्भिक जानकारी दूताबासलाई आईसकेको छ।उनको मृत्युको कारण र अन्य विवरण भने आउन बाँकी छ।हामीले मृतकको परिवार संग समन्वय गरेर कानुनी प्रकृयाका कामहरु अगाडि बढाउन शुरु गरी सकेका छौ।”
बिगत १६ बर्ष देखी कुवेतमा काम गर्दै आएका करिब ५१ बर्षिय मृतक प्रेम गुरुङको घरमा श्रीमती र एक छोरा रहेका छन।
















