६५ हजार घुससहित लेखा अधिकृत पक्राउ

काठमाडौं |

सुनसरीको इटहरी उपमहानगरपालिकाका लेखा अधिकृत विकास पोखरेल घुस रकमसहित पक्राउ परेका छन् ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोग क्षेत्रीय कार्यालय इटहरीबाट खटिएको टोलीले ६५ हजार घुससहित लेखाअधिकृत पोखरेललाई पक्राउ गरेको हो ।

इटहरी –६ घर भएका लेखा अधिकृत पोखरेलले लामो समयदेखि सेवाग्राहीसँग कमिसन लिने गरेको सूचनाका आधारमा आयोगले पोखरेलमाथि निगरानी गर्दै आएको थियो ।

उनलाई इटहरी –६ बीपी चोकस्थित समिप होटलमा सेवाग्राहीसँग रकम लिँदै गरेको अवस्थामा पक्राउ गरिएको आयोगले जनाएको छ ।

तपाईको प्रतिक्रिया

Loading...

सम्बन्धित समाचार