काठमाडौं |
अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले एक लाख घुससहित एक इन्जिनियरलाई पक्राउ गरेको छ। बाग्लुङको ढोरपाटन नगरपालिकाको नगर कार्यपालिकाका इन्जिनियर मिलन अधिकारीलाई घुससहित प्रकाउ गरेको अख्तियारका प्रवक्ता प्रदीपकुमार कोइरालाले जानकारी दिए।
अधिकारीले उमभोक्ता समितिबाट भएको सडक निर्माणसम्बन्धी योजनामा भुक्तानी दिएवाफत विभिन्न बहाना बनाइ घुस माग गरिरहेको भन्ने सूचनाको आधारमा पक्राउ गरिएको अख्तियारले जनाएको छ।
अख्तियारका प्रवक्ता कोइरालाका अनुसार पोखरा महानगरपालिकाको जिरो प्वाइन्ट भन्ने स्थानमा रहेको एक होटलबाट नियन्त्रणमा लिइ अनुसन्धान भइरहेको छ।
















