राम जन्मभूमिबारे प्रधानमन्त्री ओलीको अभिव्यक्तिपछि भारतमा नेपालीमाथि ज्यादती शुरू : वनारसमा नेपालीको जबरजस्ती कपाल मुण्डन

एजेन्सी ।

प्रधानमन्त्री केपी शर्मा ओलीले रामको जन्मबारे दिएको अभिव्यक्तिका कारण भारतको बनारसमा नेपालीमा माथि ज्यादती भएको छ । प्रधानमन्त्री ओलीले गत सोमबार अयोध्या नेपालकै भूभाग रहेको र भारतले नक्कली अयोध्या खडा गरेको अभिव्यक्ति दिनुभएकाे थियाे ।

प्रधानमन्त्री ओलीकाे उक्त अभिव्यक्तिपछि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको निर्वाचन क्षेत्र रहेको बनारसमा भारतीय विश्व हिन्दू सेनाका कार्यकर्ताले काम गर्न गएका एक नेपालीको जबरजस्ती कपाल मुण्डन गरिदिएका छन् । ती नेपालीको शिरमा जय श्रीरामको नारासमेत लेखिदिएका छन्।

त्यसपछि उनीहरुले नेपालका प्रधानमन्त्री केपी शर्माविरुद्ध नाराबाजी गरेका थिए । उनीहरुले नेपालका प्रधानमन्त्रीका विरुद्ध बोल्न लगाउनका साथै राम नेपालमा हैन भारतमा जन्मिएको हो भन्ने जस्ता नारा लगाउन लाएका थिए ।

पछिल्लो समय प्रधानमन्त्री केपी शर्मा ओलीले भगवान रामको जन्म नेपालमा भएको हो भारतमा होइन भन्ने अभिव्यक्ति दिनुभएपछि भारतीय हिन्दूहरुले प्रधानमन्त्री ओलीले विरोध गर्दै आएका छन् । त्यस्तै उनीहरुले प्रधानमन्त्रीलाई आफ्नो भनाइ फिर्ता लिन चेतावनी दिएका छन् ।

बिहीवार साँझ हिन्दु सेनाले वनारस नदीको घाटको किनारतिर जाँदै गरेको नेपाली नागरिकलाई रोकी जबरजस्ती कपाल खौरी दिएको भारतीय समाचार संस्थाहरुले जनाएका छन् । यद्यपि ती व्यक्तिको परिचय भने खुलाइएको छैन ।

विश्व हिन्दू सेनाका संरक्षक अरुण पाठकले आफ्ना कार्यकर्ताले गरेको यस्तो कदम सही भएको भन्दै आफ्नो भनाइ फिर्ता लिन प्रधानमन्त्री ओलीलाई आग्रह गरेका छन् ।

तपाईको प्रतिक्रिया

Loading...

सम्बन्धित समाचार