अनेसास’मा राजनैतिक भाडभैलो , अनेसास पोर्चुगल भंग – दुई चिरामा संस्था विभाजित

लिस्बन।

अन्तराष्ट्रिय नेपाली साहित्य समाजको केन्द्रिय निर्वाचन भएसंगै अन्तराष्ट्रिय नेपाली साहित्य समाज पोर्चुगल शाखा भंग हुनुका साथै दुई चिरामा विभाजित भएको छ।

अन्तराष्ट्रिय नेपाली साहित्य समाजको केन्द्रिय निर्वाचन प्रक्रियामा आचारसंहिता पालना नभएको र धादली भएको भन्दै अन्तराष्ट्रिय नेपाली साहित्य समाज पोर्चुगलका अध्यक्ष बिनोद प्रसाद धिमाल ‘स्पन्दन बिनोदले संस्था भंग गर्दै अन्तराष्ट्रिय नेपाली साहित्य समाज पोर्चुगललाई नेपाली साहित्य समाज पोर्चुगल बनाएका छन्।

अध्यक्ष विनोदको यो कदमसंगै अन्तराष्ट्रिय नेपाली साहित्य समाज पोर्चुगल शाखा दुई चिरामा विभाजन भएको छ। संस्थाका कयौ पदाधिकारीहरुले कार्यसमितिमा कुनै सल्लाह बिना नै संस्था भंग गरी नाम परिवर्तन गरिएकोले आफुहरु असन्तुष्ट रहेको र अन्तराष्ट्रिय नेपाली साहित्य समाज पोर्चुगल शाखामै रहने जिकिर गरेका छन्।

अर्कोतिर संस्थाका अध्यक्ष स्पन्दन बिनोदले पोर्चुगलकै सबैभन्दा पुरानो संस्थाको संज्ञा दिदै त्यसलाई भंग गरी नेपाली साहित्य समाज नामाकरण गरेका छन्। पछिल्लो समय संस्थामा राजनीति हावी हुदै गईरहेको अधिकांसको गुनासो छ।

स्पन्दन विनोदद्वारा सम्प्रेषित बिज्ञप्ती जस्ताको तस्तै :

प्रेस विज्ञप्ती !

अन्तर्राष्ट्रिय नेपालि साहित्य समाज (अनेसास) को आगामी दुई बर्षे (२०२०-२०२२) कार्यकालको केन्द्रीय निर्वाचन २०२० को मौन अवधि शुरु भैसके पश्चात महासचिव र सचिव पदका उम्मेद्बार द्वय सर्वज्ञ वाग्ले र बिमला निरौलाले निर्वाचन आचार संहिता विपरित गई नयाँ तथा पुराना आजीवन सदस्यहरुलाई गोप्य रुपमा ब्यक्तिगत ईमेल मार्फत भोट मागेको बारे निर्वाचन समितिमा स-प्रमाण आजीवन सदस्यहरुको गोप्य ईमेल कसले र कोबाट लिक गरियो भन्ने बारे जानकारी सहित निज द्वयको उम्मेद्बारी रद्द गरिपाऊँ भनी दिएको निवेदन उपर निर्वाचन समितिले कुनै पनि कार्यबाही वा जानकारी बिना निर्वाचन प्रकृया अगाडि बढाएकोमा खेद प्रकट गर्दछौं !

मतदाता नामावली र उमेद्वार नामावली देखि सबैतिर महासचिव पदका उमेद्वार स्पन्दन बिनोद नाम रहे पनि मतपत्रमा बिनोद प्रसाद धिमाल नाम नियोजित रूपमा राखिएकोमा त्यस्तो कार्यको पनि भत्सर्ना गर्दछौं । साथै नेतृत्वको अपरिपक्कता र लाचारीपनका कारण केही पदमा निर्वाचन भएको भएता पनि उक्त निर्वाचनको मतदान प्रकृया प्राविधिक रुपमा सहि भए पनि नेतृत्वले नैतिक र भित्री रुपमा खेलेको दोहोरो चरित्रका कारण क्षेत्रगत रुपमा यूरोपलाई समेट्न नसक्नुको जिम्मा पूर्ण रुपमा नेतृत्वले लिनु पर्दछ।

“निर्वाचन एउटा प्रकृया मात्र हो जीत हार हुनु स्वाभाविक हो “भन्दै मनोगत अभिव्यक्ति र सान्त्वनाले संस्था कहिल्यै उभो लाग्न सक्दैन। आजीवन सदस्यहरुको ईमेल ठेगाना फोन नम्वर आदि रुजु गर्ने जिम्मा पाएका सन्योजक प्रकाश पौडेल माईला, महासचिव गणेश घिमिरे, कोषाध्यक्ष बिकाश बिष्ट र निर्वाचन समिति बाहेक अन्यसँग आजीवन सदस्यहरुको गोपनियता ब्यक्तिगत डाटा हुँदैन । त्यसैले दुई जना मात्रै उम्मेद्बारलाई आजीवन सदस्यहरुको ब्यक्तिगत डाटा कस्ले उपलब्ध गरायो ? यस्को जिम्मेवारी कस्ले लिने ?

अनेसास बिओटी तथा चार जना पदाधिकारी गीता खत्री, पदम बिश्वकर्मा, राम लामा र खगेन्द्र लुइटेलले ब्यक्तिगत रूपमा महासचिवका उमेद्वार म स्पन्दन बिनोदलाई ग्रुपकलमा जोडेर अनेक लान्छना लगाउँदै अनेक अपशब्द प्रयोग गरी उमेद्वारी फिर्ता गर्न २ घण्टा लामो दवावको पनि अनेसास पोर्चुगल निन्दा गर्दछ।

यसर्थ आनेससको यो निर्वाचनमा भएका यावत त्रृटीका बाबजुत पनि निर्वाचन प्रकृयामा सहभागि हुनु भएका तपाईंहरु सम्पूर्ण मतदाता (आजीवन सदस्य) ज्यूहरुमा हार्दिक आभार सहित धन्यवाद दिदै आजका मिति देखी अनेसास पोर्चुगल शाखा (पोर्चुगलकै सबैभन्दा पुरानो संस्था) ”नेपाली साहित्य समाज पोर्चुगल” को नामबाट सक्रिय रहने जानकारी गराईन्छ ! यसबाट पर्न गएको असुबिधा प्रति सबैसंग माफी चाहन्छु ।

धन्यवाद !

स्पन्दन विनोद
पोर्चुगल

तपाईको प्रतिक्रिया

Loading...

सम्बन्धित समाचार