साउन १५ बाट होटल-रेष्टुरेन्ट खाेल्न पाइने

काठमाडाैं ।

सरकारले साउन १५ देखि होटल तथा रेष्टुरेन्ट खोल्न दिने भएको छ ।

सोमबार बसेको मन्त्रिपरिषदको निर्णय सार्वजनिक गर्दै सरकारका प्रवक्ता डा. युवराज खतिवडाले कोभिड–१९ सम्बन्धी सुरक्षाका मापदण्ड अपनाई होटल तथा रेष्टुराँले सेवा दिन सक्ने जानकारी दिनुभयाे ।

होटल तथा रेष्टुराँमा सभा सम्मेलन भने गर्न पाइने छैन । त्यस्तै, ट्राभल, ट्रेकिङ एजेन्सी पनि साउन १५ देखि नै सञ्चालन गर्न पाइने भएको छ ।

ठूला सभा, सम्मेलन, गोष्ठी, सेमिनार गर्न भने बन्देज लगाइएको छ। शैलुन, ब्युटीपार्लर, जिमखाना, चिडियाखाना, धार्मिकस्थल, स्वीमिङ पुल, सिनेमा घरहरू सञ्चालन गर्न नपाइने भएको छ।

तपाईको प्रतिक्रिया

Loading...

सम्बन्धित समाचार