लिस्बन।

लिस्बनमा एक ३९ बर्षीय युवाको गोली हानी हत्या भएको छ। लिस्बनको मस्काभिदमा कुकुरको बिषयमा विवाद हुदा ति युवालाई गोली हानी हत्या गरिएको थियो।
मृतक युवाका ३ बालबच्चा रहेको बुझिएको छ।
घटना रुवा दि मस्काभिदमा शनिवार दिउसो घटेको हो। ३९ बर्षीय ब्रुनो मार्कसलाई एक ८० बर्षीय बृद्धले कुकुरको बारेमा भनाभन भएपछि गोली हानेका थिए। गोलीप्रहारबाट मार्कसको घटनास्थलमै मृत्यु भएको थियो ।
गोली प्रहार गर्ने ८० बर्षीय बृद्ध अहिले प्रहरी हिरासतमा छन्।
















