लिस्बन।

पोर्चुगलको उत्तरी, केन्द्र र अल्गार्भको भित्री भागका करीव ९० काउन्टीहरू आगलागीको अधिकतम जोखिममा रहेक छन्। देशभर गर्मी बढेसंगै पोर्चुगलको बाँकी सबै मुख्य भूमि आगलागीको धेरै उच्च र उच्च जोखिममा रहेको आइपीएमए’ले जनाएको छ।
पोर्चुगिज इन्स्टिच्युट अफ द सी एण्ड एट्मोसपियर (आईपीएमए) का अनुसार २४ जुलाईबाट उच्च पहाडी क्षेत्र र पश्चिमी तटमा कडा हावा चलेको र उत्तर र केन्द्रमा थोरै तापक्रम खस्ने सम्भावना रहेको छ। आगलागीको अधिकतम जोखिममा भियाना दो कास्टेलो, ब्रागा, विला रियल, ब्रगान्सा , ग्वार्दा , भिसेउ, कोइमब्रा, कास्टेलो ब्रान्को, पोर्टलग्रे र फारो भित्रका ९० नगरपालिकाहरू रहेका छन्।
पोर्तो, अभेरो, लिरिया र लिस्बन जिल्लाहरू र कोइम्ब्राको मोन्टेमोर-ओ-वेल्हो नगरपालिकाको जम्मा २० वटा तटीय शहरहरू बाहेक पोर्चुगलको लगभग सबै मुख्य भूमि आगोको धेरै उच्च र उच्च जोखिममा रहेका छन् ।
गर्मी बढेसंगै देशैभर आगलागीको उच्च जोखिम रहने आईपीएमएले जनाएको छ। जथाभावी आगो नखेलाउन र बनजंगलमा आगो नखेल्न, वाइल्ड फायर क्यम्पिंग नगर्न र बनजंगलमा आगो लागेको चुरोटको ठुटो नफाल्न आईपीएमएले आग्रह गरेको छ।
















