लिस्बन।

पोर्चुगलमा १२ घण्टामा १३ हजार ५०० बढी चट्याङ् रेकर्ड गरिएको छ।
रेकर्ड गरिएको चट्याङ्मध्ये २ हजार ६०० बढी चट्याङ् जमीनसम्म खसेको आइपिएमए’ले जनाएको छ।
आइपिएमए’का अनुसार २० जुलाई रातिदेखि २१ जुलाई बिहानसम्म पोर्चुगलको प्रमुख भुभागमा परेको आंधीपानीसंगै चट्याङ्को संख्या रेकर्ड गरिएको हो।
पोर्चुगिज इन्स्टिच्युट अफ द सी एण्ड एट्मोस्पियरका अनुसार ति चट्याङ्हरु बिशेष गरी कास्तेलो ब्र्यान्को, संतारेम, लिस्बन र सेतुवाल क्षेत्रमा रेकर्ड गरिएको हो।
चट्याङ्बाट मानवीय क्षति नभएको तर बनजंगलमा क्षति पुगेको राष्ट्रीय आपतकालिन र नागरिक सुरक्षा प्राधिकरणका कमाण्डर कार्लोस पेरेराले बताएका छन्।
















