अस्ट्रेलियामा हुन्डी कारोबार मार्फत दुई करोड ठग्ने नेपाली पक्राउ !

सिड्नी।

आफ्नो नाम र थर परिवर्तन गर्दै हुण्डी कारोबार तथा ठगीमा संलग्न रहेको अभियोगमा भरत केसी अस्ट्रेलियाको मेलवर्नमा पक्राउ परेका छन्।

कहिले निर्मल कडेंल त कहिले विजय केसीका नाममा विध्यार्थीलाई प्रलोभन दिँदै ठग्ने केसीलाई भिक्टोरिया प्रहरीले जालसाजीको आरोपमा पक्राउ गरेको हो।

प्रहरीमा उजुरी गरेकाहरुमा अहिलेसम्म १२ जना नेपाली रहेको र निजबाट मात्र करिब दुई करोड नेपाली रुपैयाँ बराबरको ठगी गरेको आरोप छ। तर अहिले अन्य बिध्यार्थीले पनि उनीबाट ठगीमा परेको भन्दै उजुरी दिने क्रम बढेको छ।

पाँच लाख ठगीमा परेका पीडित विद्यार्थी धुम्बाराहीका कपिल खत्रीले भने ‘मलाई नेपालबाट तुरुन्त पैसा ल्याइदिने प्रस्ताव आयो, अप्ठेरो परेका बेला मैले नेपालमा रहेका अभिभावकलाई भनेँ, यता मेरो खातामा पैसा पनि देखियो, तर भरत केसीको नाममा ट्रान्सफर भएको देखेँ।’

कपिल मात्र होइनन्, कयैन विध्यार्थीहरुको फी र खर्चको पैसा समेत ठगी गरेर केसीले धेरैलाई अलपत्र समेत पारेका थिए।

निकै ठूलो दवाव दिएपछि गत जुनको दोस्रो हप्ता एनआरएन भिक्टोरिया र नेप्लीज एसोसिएसन अफ भिक्टोरियाको पहलमा एक महिनाभित्र पचास प्रतिशन पीडितको रकम फिर्ता गर्ने र अन्यको हकमा क्रमिक रुपमा तिर्दै जाने सहमति समेत केसीले गरेका थिए।

केसीले सहमति अनुरुप रकम फिर्ता नगरी उल्टै ठग्ने कार्यलाई भने निरन्तरता दिएका थिए।

तपाईको प्रतिक्रिया

Loading...

सम्बन्धित समाचार