कुवेतमा कोरोनाको कारण ९ नेपालीको मृत्यु !

– हरि कृष्ण न्यौपाने, कुवेत।

कुवेतमा कोरोना संक्रमणका कारण ९ जना नेपालीको मृत्यु भएको छ।मृत्यु हुनेमा १ महिला र ८ जना पुरूषहरु रहेका छन ।

नेपाली राजदूताबास कुवेतमा दितिय सचिब श्रीकृष्ण सिलवालले कुवेतमा कोरोना संक्रमणका कारण मृत्यु भएका ९ जनाकै परिवारसंग समन्वय गरि बिश्व स्वास्थ्य संगठनको मापदण्ड अनुसार उनिहरुको कुवेतमै अन्त्येष्टि गरिसकिएको बताए।

नेपाली राजदूताबासका अनुसार कुवेतमा लकडाउन शुरु भए देखि हाल सम्म (मार्च-१ देखि जुलाई-३१,२०२०) विभिन्न कारणले २६ जना नेपालीको मृत्यु भएको छ ।

यसै गरि यसरी कुवेतमा कोरोना बाहेकको कारण मृत्यु भएका १३ जना(१० पुरुष र ३ महिला) को शब चार्टर र आममाफीको उडान मार्फत नेपाल पठाई सकिएको छ ।

कोरोना संक्रमणको कारण मृत्यु हुने ९ जना र अन्य ४ जना(मृतकको परिवारसंग सहमती लिएर) गरि १३ जनाको कुवेतमै अन्त्येष्टि गरिएको छ।यसरी कुवेतमै अन्त्येष्टि गरिनेमा ९ जना पुरुष र ४ जना महिला रहेका छन।

तपाईको प्रतिक्रिया

Loading...

सम्बन्धित समाचार