काठमाडौँ ।

एनआरएनए पोर्चुगलका अध्यक्ष तिलक गैरेले नेपालमा ह्वीलचेयर सहयोग गरेका छन्।
अध्यक्ष गैरेले गैंडाकोट १ मा रहेको अपाङ्ग जीवन विकास संस्थामा आश्रय लिएका व्यक्तिहरुलाई ५ थान ह्वील चेयर सहयोग गरेका हुन् । अध्यक्ष गैरे गैंडाकोट खेलकुद समितिका संस्थापक महासचिव हुन्।
अपाङ्ग जीवन विकास संस्थामा हाल १९ जना अपाङ्गता भएका व्यक्तिहरु आश्रित छन्। उनीहरुमध्ये मध्ये ५ जनालाई ह्वीलचेयर आवश्यक परेकोले गैरेले सहयोग गरेका हुन्।
ह्वीलचेयर सहयोग प्राप्त भएपछि हिडडुल गर्न असमर्थ भएका उनीहरुलाई दैनिक जीवन यापन गर्न सहज हुने संस्थाका अध्यक्ष बालकृष्ण सापकोटाले बताएका छन्।
















