पोर्चुगलमा कोरोनाभाइरस : पछिल्लो २४ घण्टामा २ को मृत्यु, २९१ जना संक्रमित

लिस्बन।

पोर्चुगलमा पछिल्लो २४ घण्टामा कोरोना भाइरसका कारण दुई जनाले ज्यान गुमाएका छन्। त्यस्तै सोही समयमा २९१ जना नयाँ संक्रमित फेला परेका छन्।

पोर्चुगलमा हालसम्म कोरोनाका कारण १ हजार ७८८ जनाको ज्यान गएको छ। कोरोनाको महामारी शुरु भएयता ५४ हजार ९९२ जना संक्रमित भएका छन्।

कोरोना संक्रमित भई उपचार पश्चात ४० हजार २६४ जना निको भएको स्वास्थ्य महानिर्देशनालयले नियमित पत्रकार सम्मेलन मार्फत जानकारी दिएको छ।

संक्रमितहरुमध्ये ३३४ जनाको विभिन्न अस्पतालहरुमा उपचार भईरहेको छ। उनीहरुमध्ये ३९ जनाको अवस्था नाजुक भएको र आइसीयुमा उपचार भईरहेको स्वास्थ्य महानिर्देशनालयले जनाएको छ।

तपाईको प्रतिक्रिया

Loading...

सम्बन्धित समाचार