राष्ट्रपति मार्सेलोद्वारा आप्रवासीका बालबच्चा पोर्चुगल बसोबास गरेको एक बर्षमै नागरिकता पाउने कानुन परिवर्तन अस्वीकार !

लिस्बन।

गणतन्त्र पोर्चुगलका राष्ट्रपति मार्सेलो रेबेलो दे सुसाले राष्ट्रियता कानुन परिवर्तन अस्वीकार गरेका छन्। राष्ट्रपति मर्सेलोले आप्रवासीका बालबच्चाले पोर्चुगल बसेको एक बर्षमै नागरिकता दिने कानुनलाई भिटो पावर प्रयोग गर्दै अस्विकार गरेका हुन्।

संसदमा राष्ट्रियता कानूनमा परिवर्तनलाई PS, Bloco, PCP, PAN, PEV र Liberal Initiative र जोआसिन मोरेरा र क्रिस्टिना रोड्रिगको भोटले अनुमोदन गरिएको थियो।तर PSD, CDS र चेगाले यसको बिरूद्ध मतदान गरेका थिए ।

संसदमा बहुमतले पारित ‘ आप्रवासीहरुको बालबच्चाहरु पोर्चुगलमा बसोबास गरेको एक बर्षमै पोर्तुगाली नागरिकता दिने कानुन ‘ अनुमोदनका लागि राष्ट्रपति समक्ष पेश गरिएको थियो, जुन राष्ट्रपतिले आफ्नो पावर प्रयोग गर्दै अस्विकार गरेका हुन्।

गणतन्त्र पोर्चुगलका राष्ट्रपतिका आधिकारिक वेबसाइटको प्रेसिडेंसीमा प्रकाशित सुचनामा भनिएको छ, ” राष्ट्रपति मार्सेलो रेबेलो दि सुसाले अक्टूबरको कानून नं ३७/८१ को नवौं संशोधनलाई डिक्रि घोषणा नगरी फर्किए , जसले गर्दा राष्ट्रियता कानूनलाई अनुमोदन हुन सकेन। ”

सेप्टेम्बरमा शुरू भएको गणतन्त्रको सभामा काम फिर्ता लिइसकेपछि प्रतिनिधिहरुद्वारा अब यो डिक्री समीक्षा गरीनेछ।

तपाईको प्रतिक्रिया

Loading...

सम्बन्धित समाचार